सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • प्रधानमन्त्री दाहालको आग्रह- जागिरका लागि देशको कानुन उल्लंघन नगर्नुस्

प्रधानमन्त्री दाहालको आग्रह- जागिरका लागि देशको कानुन उल्लंघन नगर्नुस्

 |  आइतबार, माघ ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ ७, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली युवा रुसी सेनामा भर्ती भई समस्यामा परेको विषयमा आफू गम्भीर र संवेदनशील रहेको बताएका छन्।

National life

असंलग्न आन्दोलन (नाम)को शिखर सम्मेलनमा भाग लिई स्वदेश फर्किएपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'रुस वा युक्रेनको लडाइँमा नेपाली युवा रुसी वा अन्यत्र भर्ती भएको भन्नेबारेमा सरकार निकै गम्भीर र संवेदनशील छ। सरकारको तर्फबाट हाम्रो यस्तो नीति छैन।'

विगतमा सम्झौता भएका भारत र इङ्ग्ल्यान्डबाहेक अन्यत्र कतै पनि नेपाली युवालाई सेनामा भर्ती गर्ने नीति नभएको प्रधानमन्त्रीको भनाइ थियो। प्रधानमन्त्री दाहालले त्यसबारेमा रुसलाई नोट पठाइएको, परराष्ट्रमन्त्रीले पटक–पटक यस विषयमा कुरा गरेको जानकारी दिए।

नाम सम्मेलनका क्रममा गणतन्त्र युगाण्डाको राजधानी कम्पालामा रुसका उपविदेशमन्त्रीसँग पनि भेटेर परराष्ट्रमन्त्रीले कुरा गरेको स्पष्ट पार्दै नेपाली युवालाई फिर्ता पठाइदिन आग्रह गरिएको प्रधानमन्त्री दाहालले उल्लेख गरे। युद्धमा परेर मारिएका युवाका बारेमा पनि कुरा भएको बताउँदै क्षतिपूर्तिलगायत विषयमा सरकारले गम्भीर रूपमा लिएको उनको भनाइ थियो।

'सबैले जनतामा चेतना फैलाउनुपर्छ। जागिर खाने नाममा जहाँ पायो त्यहीँ नेपालको राज्यको नीति विपरीत, संविधानको मर्मविपरीत, हाम्रो लोकतान्त्रिक राष्ट्रिय स्वाधिनताको भावनाविपरीत सेनामा भर्ती हुने, जहाँ पनि जाने, अझ बाटो छलेर जाने तरिका भएन भन्ने चेतना फैलाउनुपर्छ। सरकार गम्भीर छ। यसमा सबै लाग्नुपर्छ', प्रधानमन्त्रीले भने।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 21, 2024| 12:50 आइतबार, माघ ७, २०८०
प्रतिक्रिया दिनुहोस्