शनिबार, साउन ३, २०८२

संसद्‌का महासचिव नियुक्त गर्न राष्ट्रपतिलाई 'स्मरणपत्र'

 |  आइतबार, माघ ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, माघ ७, २०८०

vianetvianet

काठमाडौं- संघीय संसदमा महासचिव नियुक्त गर्ने विषयमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेललाई ‘स्मरण पत्र’ पठाएका छन्।

लामो समयसम्म पनि राष्ट्रपति कार्यालयले महासचिव नियुक्ति प्रक्रिया अघि नबढाएपछि सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले ‘स्मरण पत्र’ पठाएका हुन्। गत मसिंर २४ मा भरतराज गौतमले महासचिव पदबाट राजीनामा दिएपछि रिक्त पदमा अझै नियुक्ति गरिएको छैन ।

आइतबार प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरुसँगको छलफलका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभामुख घिमिरेले संसदको महासचिव नियुक्तिका विषयमा आफूले सिफारिस गरिसकेको बताएका थिए।

प्रकाशित: Jan 21, 2024| 17:30 आइतबार, माघ ७, २०८०
प्रतिक्रिया दिनुहोस्