'जिप फ्लायर'को फ्रेन्चाइज रहेको हाइग्राउण्ड एडभेन्चर प्रालिले एक दशकदेखि पोखरामा सञ्चालन गरिरहेको विश्वकै भिरालो र छिटो (द वल्ड्स स्टिपेस्ट एण्ड फास्टेस्ट) जिपलाइनमा सुपरम्यान जिपलाइन खेलको सुरुवात गरिएको छ।
यो पुलको पिल्लर ठड्याउने स्थानमा सामुदायिक वनको जग्गा पर्छ। मुद्दा परेकै कारण ढुङ्गा पनि फोड्न नपाएर पुल निर्माण ढिलाइ भएको काठेखोला गाउँपालिका अध्यक्ष अमर थापाले जानकारी दिए।
उक्त कार्यालयलाई तनहुँको मात्र नभई अन्य थप पाँच जिल्लाको जिम्मेवारी तोकियो तर कार्यालयमा भने दुईजना मात्रै कर्मचारी छन्। कार्यालयमा खाद्य अनुसन्धान अधिकृत एक र कार्यालय सहयोगी एकजना मात्रै कर्मचारी छन्।
बागलुङलाई झोलुंगे पुलको जिल्ला भनेर चिनिन्छ। पर्वतको कुश्मा नगरपालिका–१ पाङदेखि बागलुङ नगरपालिका–१ रामरेखा जोड्ने ५ सय ६७ मिटर लम्बाइको झोलुंगे पुल दक्षिण एसियामै लामो दावी गरिएको छ।
होटलमा बस्न खोज्ने पाहुनाले खोजी खोजी घरबासमा (होमस्टे) आएपछि काठेखोला गाउँपालिका– ६ का प्रमानन्द कंडेल दंग परेका छन्। पाहुनालाई आफ्नो घरबासमा राखेका छन्।
कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन निर्माणले तीव्रता पाएको छ। स्थानीय तह स्थापनाको पहिलो पाँच वर्षमा गाउँपालिकाको ‘सिँहदरबार’तयार हुने भएको छ।
अविरल वर्षाको कारण तल्लो क्षेत्रबाट उक्लिने सबै बाटो ठप्प छ। मान्छे र घोडा खच्चड हिँड्न सकस पर्छ। एक हिसाबले यी बाटाहरू पूर्णतः बन्द नै छन्। त्यसो त उत्तरी गोरखा छुने...
'सहिद, बेपत्ताजनका परिवारका सदस्य र घाइते तथा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण भइसकेपछि सोही आधारमा निःशुल्क उपचारको प्रबन्ध हुन्छ,' मन्त्री बुढाले भने।