शनिबार, मंसिर १३, २०८२

पर्यटन दिवस मनाउन ११ देशका कूटनीतिज्ञ पोखरामा

सोमबार पर्ने विश्व पर्यटन दिवस मनाउन नेपालस्थित ११ देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरु पोखरा आएका छन्।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

पोखरा- सोमबार पर्ने विश्व पर्यटन दिवस मनाउन नेपालस्थित ११ देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरु पोखरा आएका छन्। 

National life

४२ औं विश्व पर्यटन दिवसको अवसरमा पोखरामा आयोजना हुने कार्यक्रममा भाग लिन उनीहरु पोखरा आएका हुन्। कोभिडका कारण थलिएको पर्यटन उकास्‍न पोखरामा विश्व पर्यटन दिवसको अवसरमा विभिन्‍न कार्यक्रमहरु गरिँदैछ।

पोखराका पर्यटनसँग आवद्ध संघसंस्था, नेपाल पर्यटन बोर्डको समन्वय एवं गण्डकी प्रदेश सरकारको व्यवस्थापनमा उनीहरु यहाँ आएका हुन्। भ्रमण दलमा जर्मनी, संयुक्त अरब इमिरेट्स, कतार, फिनल्याण्ड, दक्षिण कोरिया, साउदी अरब, श्रीलंका, उत्तर कोरिया, थाइल्याण्ड, बंगलादेश, इजिप्टका राजदूत, संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि, इसिमोडमा महानिर्देशक,अन्तर्राष्ट्रिय मुद्राकोषका नेपाल प्रमुख, यूएनएडका कन्ट्री डाइरेक्टर, यूनेस्कोका नेपाल प्रतिनिधि, विश्व खाद्य कार्यक्रमका कन्ट्री डाइरेक्टरलाई पोखरा निम्त्याइएको हो। बुद्ध एयरको चार्टर्ड उडानबाट उनीहरु आइतबार पोखरा आएका हुन्।

नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका अनुसार सोमबार विश्व पर्यटन दिवसका दिन उनीहरुलाई कास्कीको कास्कीकोटमा हाइकिङ गराउने, रेष्टुरेन्ट एण्ड बार एसोसियसनले आयोजना गरेको मिनी सडक महोत्सव एवं साहसिक पर्यटकीय गतिविधिमा सहभागी गराउने कार्यक्रम तय भएको छ। 

‘कूटनीतिक नियोगका प्रमुखहरुको आवागमन र उनीहरु स्वयं पर्यटकीय गतिविधिमा सरिक हुँदा नेपाल र पोखरा पर्यटकको लागि खुल्ला छ भन्‍नेमात्र नभएर उनीहरुको देशमा नेपालको पर्यटनको प्रचार हुने पोखरा पर्यटन परिषदका अध्यक्ष गोपिबहादुर भट्टराईले बताए। भट्टराईले भने,‘एकैपटक यति धेरै देशका राजदूत र कूटनीतिज्ञहरुलाई बोलाएर गरिएको कार्यक्रमले यहाँको पर्यटन उकासिने छ।’

Laxmi sunrise bank
kumari

नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख काशीराज भण्डारीका अनुसार प्रबर्द्धनात्मक गतिविधि अनुसार नै कूटनीतिक क्षेत्रका व्यक्तित्वहरुलाई पोखरा निम्तो गरिएको हो। यो कार्यक्रम पोखराको मात्र नभएर समग्र नेपालको पर्यटन प्रबर्द्धनका लागि कोषेढुंगा हुने बताउँदै उनले भने,‘कोभिडबाट पीडित व्यवसायीलाई राज्य भएको अनुभूति दिलाउन पनि यो अभियान गरिएको हो।’

यद्यपि, अहिले पोखरा निम्त्याइएका कूटनीतिज्ञहरुमध्ये केही देशबाट मात्रै नेपालमा उल्लेख्य पर्यटक आउने गरेका छन्। पर्यटक बढी आउने भारत, चीन, अमेरिका, बेलायतलगायतका देशका राजदूतहरु भने यो अभियानमा सरिक भएका छैनन्। 

कोभिडका कारण गरिएको निषेध आदेशका कारण देशकै मुख्य पर्यटकीय क्षेत्र मानिएको गण्डकी प्रदेशका धेरै व्यवसायी र पर्यटन मजदुहरु विस्थापित भएको अवस्थामा कूटनीतिज्ञहरुको पोखरा आगमनले आशा जगाएको व्यवसायीहरु बताउँछन्।

प्रकाशित: Sep 26, 2021| 18:54 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।