शनिबार, मंसिर १३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • ज्येष्ठ नागरिकको अनुभव राष्ट्र निर्माणका उपयोगी : मुख्यमन्त्री पोखरेल

ज्येष्ठ नागरिकको अनुभव राष्ट्र निर्माणका उपयोगी : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री ज्येष्ठ नागरिकको सीप, अनुभव र ज्ञानलाई राष्ट्र निर्माणमा प्रयोग गर्नुपर्ने बताएका छन्।
 |  शुक्रबार, असोज १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १५, २०७८

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री ज्येष्ठ नागरिकको सीप, अनुभव र ज्ञानलाई राष्ट्र निर्माणमा प्रयोग गर्नुपर्ने बताएका छन्। ३१ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुक्रबार शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले ज्येष्ठ नागरिक अनुभवका खानी भएको बताएका हुन्। उनले भनेका छन्, ‘जीवनको लामो कालखण्डमा आरोहअवरोह पार गर्दै सीप, अनुभव र ज्ञान आर्जन गर्नुभएका बुबाआमाको सम्मान हामीले गर्न सक्नुपर्दछ।’ 

National life

सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखलाई ज्येष्ठ नागरिकहरूलाई सम्मान र अधिकारमा पहुँच पुर्‍याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने गरिन्छ। 

ज्येष्ठ नागरिकका अनुभव राष्ट्र निर्माणका लागि अत्यन्तै अनुकरणीय हुने भन्दै मुख्यमन्त्री पोखरेलले ज्येष्ठ नागरिकको हकहित संरक्षण र सम्वद्र्धन गर्दै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि प्रदेश सरकार सदा तत्पर रहेको प्रतिबद्धता जनाएका छन्। ज्येष्ठ नागरिकको जीवनलाई ससहज र प्रभावकारी बनाउन सामाजिक सुरक्षा भत्ताका साथै सरकारले ज्येष्ठ नागरिक बिमा कार्यक्रम पनि सञ्चालन गर्दै आएको उनले उल्लेख गरेका छन्। 

शुभकामना सन्देशमा उल्लेख छ, ‘ज्येष्ठ नागरिकको सम्मान र व्यवस्थापन सन्तानले नै गर्नुपर्दछ भन्ने सामाजिक मान्यतलाई थथार्यमा बदल्न सके मात्र आमाबुवाप्रतिको दायित्व पूरा हुन्छ। ज्येष्ठ नागरिक लक्षित कार्यक्रमलाई प्रभावकारी र जीवनोपयोगी बनाई थप सुदृढ गर्दै लैजान म सरोकारवाला पक्षको ध्यानाकर्षण गराउँदछु।’ 


प्रकाशित: Oct 01, 2021| 11:03 शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।