शनिबार, मंसिर १३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • कास्कीको रुपा र अन्नपूर्ण गाउँपालिकामा निर्विरोध, अरू पालिकामा निर्वाचन

कास्कीको रुपा र अन्नपूर्ण गाउँपालिकामा निर्विरोध, अरू पालिकामा निर्वाचन

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत आज जारी पालिका अधिवेशनमा कास्कीको रुपा र अन्नपूर्ण गाउँपालिकामा निर्विरोध पालिका समिति चयन भएको छ।
 |  शनिबार, असोज ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ९, २०७८

पोखरा- नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत आज जारी पालिका अधिवेशनमा कास्कीको रुपा र अन्नपूर्ण गाउँपालिकामा निर्विरोध पालिका समिति चयन भएको छ। 

National life

अन्नपूर्ण गाउँपालिकामा पार्टीको आगामी नेतृत्वका लागि मनपति भण्डारी सभापतिमा चयन भएका छन्। भण्डारी यसअघि पनि नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका सभापति थिए।

समितिको उपसभापतिमा सुशील भट्टचन र गौमाया नेपाली, सचिवमा कृष्णप्रसाद सुबेदी र विजय गुरूङ तथा सहसचिवमा ध्रुव घले र मुक्ति गुरूङ निर्विरोध निर्वाचित भएका छन्।

यसैगरी रुपा गाउँपालिकाको सभापतिमा विमल बाबु न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। समितिको सचिवमा विकल ओझा निर्विरोध निर्वाचित भएका छन्।

नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलका अनुसार बाँकी पालिकामा निर्वाचन भइरहेको छ। कास्कीको मादी र माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिकामा निर्वाचन जारी छ। 

Laxmi sunrise bank
kumari

पोखरा महानगरपालिकाको सभापति पदका लागि ६ जनाको प्रतिस्पर्धा छन्। यस्तै दुई उपसभापतिको लागि ६ जना, दुई सचिव पदमा तीन जना र दुई सहसचिवको लागि ६ जनाको चुनावी प्रतिस्पर्धामा छन्। निर्वाचन अधिकृत आर सी विमलका अनुसार ३ बजे मतदान सकिने छ। मतदान लगत्तै मतगणना सुरु गरिने उनले बताए।

प्रकाशित: Sep 25, 2021| 11:09 शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।