शनिबार, मंसिर १३, २०८२

कांग्रेस महाधिवेशन: पोखरा महानगरपालिकामा ९८ प्रतिशत मतदान

निर्वाचन समितिका संयोजक आरसी बिमलका अनुसार अबको केही समयमा मतगणना सुरु हुनेछ।
 |  शनिबार, असोज ९, २०७८

विभु भुसाल

विभु भुसाल

शनिबार, असोज ९, २०७८

पोखरा- नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार भएको पोखरा महानगरपालिकाको मतदानमा एक हजार ३४४ मत खसेको छ। पोखरा महानगरपालिकाको पदाधिकारीका लागि मतदान गर्न १ हजार ३७० क्षेत्रीय प्रतिनिधि चुनिएका थिए। यो कुल मतदाताको ९८ प्रतिशत हो। 

National life

पोखरा महानगरपालिका क्षेत्रफलका हिसाबले देशकै सबैभन्दा ठूलो पालिका हो। 

निर्वाचन समितिका संयोजक आरसी बिमलका अनुसार अबको केही समयमा मतगणना सुरु हुनेछ। बिहान साढे ९ बजे सुरु भएको मतदान साढे ४ बजे सकिएको हो। महानगर समितिको सभापतिका लागि ६ जना उम्मेदवार छन्।

पोखरा ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोला, पत्रकार गंगाधर पराजुली, पोखरा ९ का वडाध्यक्ष रामराज लामिछाने, नेता मिलन तिवारी, पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छे र पत्रकार ज्योति हमाल सभापतिका उम्मेदवार छन्। कांग्रेस पोखरा महानगर समितिको दुई उपसभापतिमा ६ जनाको उम्मेद्वारी परेको थियो। उपसभापतिको उम्मेदवार प्रयागराज भण्डारी, कृष्णप्रसाद अधिकारी, निर्दोषविक्रम पौडेल, भवसागर बराल, शिव केसी र राजेन्द्र बराल छन्।

यसैगरी दुई सचिवमा गणेशबहादुर थापा, टुवराज बास्तोला र सुरेन्द्रबाबु तिवारी उम्मेदवार छन्। 

Laxmi sunrise bank
kumari

कास्कीको अन्‍नपूर्ण र रुपा गाउँपालिकामा यसअघि नै सर्वसम्मत नेतृत्व चयन भइसकेको छ। मादी र माछापुछ्रे गाउँपालिकामा पनि मतदान सकिएको बिमलले जानकारी दिए।

प्रकाशित: Sep 25, 2021| 17:33 शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।