शनिबार, मंसिर १३, २०८२

ठडिँदै माछापुच्छ्रेको ‘सिंहदरबार’

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अत्याधुनिक सुविधासम्पन्‍न प्रशासनिक भवन निर्माणले तीव्रता पाएको छ। स्थानीय तह स्थापनाको पहिलो पाँच वर्षमा गाउँपालिकाको ‘सिँहदरबार’तयार हुने भएको छ।
 |  बिहीबार, असोज २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २८, २०७८

कास्की- कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अत्याधुनिक सुविधासम्पन्‍न प्रशासनिक भवन निर्माणले तीव्रता पाएको छ। स्थानीय तह स्थापनाको पहिलो पाँच वर्षमा गाउँपालिकाको ‘सिँहदरबार’तयार हुने भएको छ।

National life

पाँच स्थानीय तह रहेको जिल्लामा माछापुच्छ्रेको मात्र प्रशासनिक भवन निर्माण भइरहेको हो। कतै भवन निर्माणका लागि जमिन अभाव त कतै केन्द्रको विवाद टुङ्गो लाग्‍न नसक्दा स्थानीय तह गठन भएर जनप्रतिनिधि आएको पहिलो कार्यकालमा चार स्थानीय तहले प्रशासनीक भवन बनाउन सकेका छैनन्।

माछापुच्छ्रेले गाउँपालिकाको केन्द्र वडा नं ४ लाहाचोकस्थित सानोपाटन(साहुथर)मा १० रोपनी क्षेत्रफलको जमिनमा रु छ करोड ६२ लाख ११ हजार ९०६ लागतमा बनाउँदै गरेको भवन अहिले निर्माणको अन्तिम चरणको पुगेको छ।हाल गाउँपालिकाको प्रशासनीक कार्य साविक गाविस कार्यालय भवनको मर्मत सम्भार गरेर सञ्चालन हुँदै आएको छ। प्रसासनिक भवनको स्ट्रक्चरको काम सकिएर अहिले रङ्गरोगन र वायरिङ सुरु गरिएको गाउँपालिकाका सबइन्जिीनियर राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार समग्रमा ८५ प्रतिशत काम सकिएको छ। 

आगामी मंसिर महिनाभित्रमा सम्पूर्ण काम सकेर हस्तान्तरण गरिने योजना छ। उनले भने, 'प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। भवनको कम्पाउण्डको केही भाग, पार्किङ र रङ्गरोगन बाहेक अन्य काम सकिएको छ।' फनिसिङ भइरहेको छ। संरचनाहरु बनेर फिनिसिडको प्लास्टर सकिएको थियो। 

विसं २०७८ फागुन १६ सम्ममा सम्पन्न गर्ने गरी भवन निर्माणका लागि नयाँ बाटो÷जिएस इन्जिीनियरिङ जेभीसँग ठेक्का सम्झौता भएकामा निर्माण कम्पनीले तोकिएको मितिभन्दा तीन महिना अगावै सम्पन्न गर्ने गरी काम अघि बढाएको हो। विद्युतीय भर्‍याङ(लिफ्ट) सहित तीन तलाको भवनमा ३९ कोठा रहनेछन्। यसैगरी माथिल्लो तलामा २०० जना क्षमताको सभाहल हुनेछ। 

Laxmi sunrise bank
kumari

गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले आफूहरुको कार्यकालभित्रमा अत्याधुनिक भवनबाट सेवा प्रवाह हुने बताए। अन्य स्थानीय तहले भन्दा आफूहरुले प्रशासनिक भवन निर्माणलाई प्राथमिकतामा राखेकाले त्यो सम्भव भएको उनले बताए। 

उनले भने, 'हालको भवनमा पर्याप्त ठाउँ नहुँदा कार्यालय व्यवस्थापन गरेर राम्रोसँग कुर्सी टेवल समेत राख्न सकिने अवस्था छैन। निर्धारित समयभित्रमानै सुविधासम्पन्न भवन बनाएर पालिकावासीलाई सहज सेवा दिन्छौँ।'

गाउँपालिकाले चालु आर्थिक वर्षमा प्रशासनिक भवनमा फर्निचर लगायत कार्यालयको व्यवस्थापनका लागि रु एक करोड ५० लाख बजेट विनियोजन गरेको उपाध्यक्ष दवाडीले जानकारी दिए। नयाँ भवन बनेपछि गाउँपालिकाको प्रशासनिक सहित कृषि, स्वास्थ्य, शिक्षा,सामाजिक विकास लगायतका विषयगत शाखा कार्यालयको सेवा पनि एकै थलोबाट प्रवाह हुने जनाइएको छ। 

भवन निर्माणका लागि जिल्ला समन्वय समिति कास्कीले मौज्दात कोषबाट रु दुई करोड ५० लाख र प्रदेश सरकारको रु ५० लाख लगानी गरेकामा बाँकी रकम गाउँपालिकाले लगानी गरेको छ। निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि डम्बरराज ढकालले ढिलोमा मंसिर महिनाभित्रमा सबै काम सकेर गाउँपालिकालाई भवन हस्तान्तरण गरिने जानकारी दिए।  लिफ्टका सामग्री भन्सार आइपुगेकाले दसैं लगत्तै निर्माणस्थलमा ल्याइने जानकारी दिँदै उनले ‘फिनिसिङ’को कार्य जतिसक्दो चाँडो सम्पन्न गरिने बताए। - रासस

प्रकाशित: Oct 14, 2021| 15:40 बिहीबार, असोज २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।