शनिबार, मंसिर १३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • सहिद र बेपत्ता परिवारका सदस्यको उपचार निःशुल्क गर्दै गण्डकी सरकार

सहिद र बेपत्ता परिवारका सदस्यको उपचार निःशुल्क गर्दै गण्डकी सरकार

'सहिद, बेपत्ताजनका परिवारका सदस्य र घाइते तथा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण भइसकेपछि सोही आधारमा निःशुल्क उपचारको प्रबन्ध हुन्छ,' मन्त्री बुढाले भने।
 |  शुक्रबार, असोज ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ८, २०७८

पोखरा- गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले सरकारले जनयुद्ध तथा जनआन्दोलनका शहीद, बेपत्ताजन, घाइते र अपाङ्गता भएका व्यक्तिका परिवारका सदस्यलाई निःशुल्क उपचार सेवा प्रदान गर्ने बताएका छन्। नेकपा (माओवादी केन्द्र) बागलुङ नगरपालिका–७ वडाकमिटिद्वारा आज आयोजित जनभेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले गण्डकी प्रदेश मन्त्रिपरिषद्को सो निर्णय कार्यान्वयनका लागि शहीद तथा बेपत्ताजनका परिवारको सङ्ख्या पुनरावलोकन गर्ने काम भइरहेको बताएका हुन्। 

National life

'शहीद, बेपत्ताजनका परिवारका सदस्य र घाइते तथा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण भइसकेपछि सोही आधारमा निःशुल्क उपचारको प्रबन्ध हुन्छ,' मन्त्री बुढाले भने। 

प्रदेश सरकारले चालु आवको बजेट तथा कार्यक्रममा पनि जनयुद्ध तथा जनआन्दोलनका घाइते र अपाङ्गता भएका व्यक्तिको निःशुल्क उपचार गर्ने घोषणा गरेको थियो। निःशुल्क उपचार सेवा प्रवाहका लागि कार्यविधि बनाउने काम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरिरहेको मन्त्री बुढाको भनाइ छ। 

सोही अवसरमा उनले बागलुङ–७ कालिमाटीका चार जनयुद्धका शहीद र दुई बेपत्ताजनका परिवारका सदस्यलाई सम्मानसमेत गर्नुभएको थियो। मन्त्री बुढाले उत्पीडित जाति, वर्ग, लिङ्ग र समुदायको मुक्तिका लागि पार्टीले विगतमा जनयुद्ध लडेको बताए। उनले कृषिलगायत क्षेत्रको विकासमार्फत मुलुकलाई समृद्धितिर लैजाने अठोटसहित राजनीतिक नेतृत्वले काम गर्नुपर्ने उल्लेख गरे। 

उक्त कार्यक्रममा विभिन्न पार्टी त्यागेर ३० जना माओवादी केन्द्रमा प्रवेश गरेको वडाकमिटिका अध्यक्ष विकास विश्वकर्माले जानकारी दिए। मन्त्री बुढा र माओवादी केन्द्रका जिल्ला इञ्चार्ज बलावती शर्माले नवप्रवेशीलाई पार्टीमा स्वागत गरेका थिए। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 24, 2021| 21:38 शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।