सोमबार, फागुन १८, २०८२

नेपाली कांग्रेस पोखरा सभापतिमा सुरेन्द्रमान

नेपाली कांग्रेसको पोखरा महानगरपालिकाको सभापतिमा सुरेन्द्रमान विजुक्छे विजयी भएका छन्।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

kumari

पोखरा- नेपाली कांग्रेसको पोखरा महानगरपालिकाको सभापतिमा सुरेन्द्रमान विजुक्छे विजयी भएका छन्। कूल खसेको मत मध्ये विजुक्छे ४ सय १४ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी गंगाधर पराजुलीले ३ सय ४६ मत प्राप्त गरेका छन्।

सभापतिमा ६ जना चुनावी प्रतिस्पर्धामा रहेका थिए। उपसभापतिमा भवसागर बराल र प्रयागराज भण्डारी निर्वाचित भएका छन्। यस्तै टुबराज बाँस्तोला र गणेशबहादुर थापा सचिवमा विजयी भएका छन्।

सहसचिवमा संघर्ष कोइराला र सन्जय आले निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनको मतपरिणाम आइतबार बिहान सार्वजनिक भएको हो। निर्वाचनमा कूल १ हजार ३ सय ४४ मत खसेको थियो।

प्रकाशित: Sep 26, 2021| 10:18 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।