सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

गोरखाको रुइला भन्ज्याङ नाका दुई वर्षदेखि ठप्प

अविरल वर्षाको कारण तल्लो क्षेत्रबाट उक्लिने सबै बाटो ठप्प छ। मान्छे र घोडा खच्चड हिँड्न सकस पर्छ। एक हिसाबले यी बाटाहरू पूर्णतः बन्द नै छन्। त्यसो त उत्तरी गोरखा छुने सडकको ट्रयाक अहिलेसम्म खुलिसकेको छैन।
 |  बुधबार, असोज २७, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असोज २७, २०७८

पोखरा- उत्तरी गोरखा, सीमा नम्बर ३५ पिलर (रुइला भन्ज्याङ) दुई वर्षदेखि बन्द छ। अविरल वर्षाको कारण तल्लो क्षेत्रबाट उक्लिने सबै बाटो ठप्प छ। मान्छे र घोडा खच्चड हिँड्न सकस पर्छ। एक हिसाबले यी बाटाहरू पूर्णतः बन्द नै छन्। त्यसो त उत्तरी गोरखा छुने सडकको ट्रयाक अहिलेसम्म खुलिसकेको छैन।

triton college

भौगोलिक विकटताका कारण सडक विस्तारमा समस्या परेको हो। अहिले नेपाल सरकारले प्रत्येक पालिकाको केन्द्र जोड्ने सडकलाई प्राथमिकताका साथ कार्यान्वयनमा लगेको छ। चुमनुब्री गाउँपालिका हालसम्म सडक सञ्जालले नछोएको पालिका हो।

वर्षाले तल्लो बाटो भत्किएको र उत्तरी नाका पनि बन्द भएकोले माथिलो गाउँहरूमा दैनिक उपभोग्य समानको अभाव छ। चुमनुब्री क्षेत्रका नागरिकको दैनिक उपभोग्य सामग्री काठमाडौंबाट भन्दा चीनतिरबाट झर्छ। 

३५ नम्बर पिलर अर्थार रुइला भन्ज्याङबाट उनीहरू सामग्री खरिद गर्छन्। दुई वर्षदेखि बन्द नाका खुलाउने प्रयास कतैबाट नभएकोले खाद्यान्न अभाव सुरु भएको चुमनुब्री १ का सदस्य निमा लामाले बताए।

‘हामी मात्रै कराएर भएन। राजनीतिक मान्छेहरूलाई भनेको हो। हामीलाई खानपिनमा समस्या भयो। हाम्रो जीवनशैली माथिबाटै चल्छ। नाका खोल्न धेरै प्रयास गरेको हो। खै अहिलेसम्म खुलेन,’ उनले भने, ‘घ्यु, चिया, नुन र पिठो तिब्बततिरबाट किन्नुपर्छ। तिब्बती नुन र चिया छुट्टै हुन्छ। काठमाडौंमा त्यस्तो पाउँदैन। पाए पनि ल्याउन पनि गाह्रो हुन्छ।’ 

Metro Mart
vianet

नाका खोल्न नेपाल पक्षले कुनै पहल नगरेकोले अहिले खुल्ने सम्भावना नभएको लामाले सुनाए। ‘वडाबाट पत्र गएको छ। मैले व्यक्तिगत रूपमा तिब्बत केरुङ प्रमुखसँग कुरा गरेको छु। उनीहरू नेपाली प्रतिनिधिले कुनै कुरा नगरेको जवाफ फर्काउँछन्,’ उनी भन्छन्, ‘केरुङ प्रमुखले तत्काल नखोल्ने कुरा गरेका छन्। दैनिकी चलाउन मुस्किल परिसक्यो।’ 

वर्षमा तीन पटकसम्म बजार खुल्थ्यो। त्यतिबेला यहाँका मान्छेले सामान भण्डार गरिराख्थे। अहिले घरमा खाने अन्न छैन, जनताले धेरै दवाव दिएका छन्।

तिब्बतबाट रुइला भञ्ज्याङसम्म मोटरबाटो खुलेको छ। गोरखामा ६ वटा नाका भए पनि रुइलाबाट मात्र सामान आयात निर्यात हुन्छ। कोरोना भाइरसका कारण दुई वर्षदेखि नाकामा हुने व्यापार मेलासमेत नलागेको लामाले बताए। 

‘एक वर्षमा तीन पटकसम्म बजार खुल्थ्यो। त्यतिबेला यहाँका मान्छेले सामान भण्डार गरिराख्थे। अहिले घरमा खाने अन्न छैन, जनताले धेरै दवाव दिएका छन्,’ उनी अघि भन्छन्, ‘माथि नाका बन्द हुँदा मनाङ र गोरखाबाट ढुवानी गथ्र्यौं। यता पनि बाटो अवरुद्ध भएको छ। के खाएर बस्ने ?’

गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले स्थानीयकै माग बमोजिम नाका खोल्न गृह मन्त्रालयलाई पत्र पठाएको जानकारी दिए। ‘उहाँहरूले निवेदन दिनुभएको छ। हामीले गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई नाका खोल्न सहजीकरणको लागि पत्र पठाएका छौं,’ उनले भने, ‘नाका नखुल्दासम्म हेलिकोप्टरमार्फत भए पनि सामग्री ढुवानी गर्ने सरकारको दायित्व हो। तर, छिटै नाका खुल्छ होला।’ 

चुम क्षेत्रका लागि हेलिकोप्टरमार्फत चामल ढुवानी भइरहेको छ। बाढीले बगाएका बाटाहरू मर्मत चलिरहेको छ। खासगरी मनाङतिरबाट उत्तरी गोरखाको ढुवानी सहज हुने भएकोले लार्के नाकालाई चुस्त राख्न पहल गरिएको मनाङको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

चुमनुव्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले यो नाका तत्कालै खोल्नुपर्ने बताए। ‘माथिल्लो गोरखाको जीवन धान्ने नाका नै यही हो। लामो समय बन्द हुँदा दैनिकीमा समस्या परेको छ,’ उनले भने, ‘जतिसक्दो छिटो पहल होस्। तत्कालै नाका खुलोस्। म सरकारको ध्यानाकर्षण गराउँछु।’ त्यहाँबाट साम्दो, ल्हो, विहि, प्रोक, चुम्चेत, सामागाउँ क्षेत्रमा सामान आयात हुन्छ। नेपालतिरबाट पनि च्याङग्राको ब्ल्यांकेट, जडिबुटीलगायत सामग्री चीनतिर निर्यात हुन्छ। -न्युज कारखाना

प्रकाशित: Oct 13, 2021| 16:30 बुधबार, असोज २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।