शनिबार, मंसिर १३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • त्यो एक भोट, जसले पोखरा बस्‍ने तिलिजालाई बनायो गाउँपालिका सभापति

त्यो एक भोट, जसले पोखरा बस्‍ने तिलिजालाई बनायो गाउँपालिका सभापति

नेपाली कांग्रेसको गाउँपालिका सभापति पदका उम्मेदवार कृष्णप्रसाद बरुवालले एक मतले पराजित भएका छन्।
 |  शनिबार, असोज ९, २०७८

विभु भुसाल

विभु भुसाल

शनिबार, असोज ९, २०७८

पोखरा- त्यसो त निर्वाचनमा एक मतको अन्तरका परिणाम विरलै आउने गर्छन्। त्यसरी आएको परिणामलाई अनपेक्षित रुपमा लिइन्छ। यस्तै भएको म्याग्दीको अन्‍नपूर्ण गाउँपालिकामा। 

National life

नेपाली कांग्रेसको गाउँपालिका सभापति पदका उम्मेदवार कृष्णप्रसाद बरुवालले एक मतले पराजित भएका छन्। पार्टीको ग्राउण्डमा बसेर राजनीति गर्ने बरुवाल पोखरा बस्दै आएका प्रतिस्पर्धी बलबहादुर तिलिजासँग पराजित भएका हुन्। 

मत परिणामपछि बरुवालले नेपाल समयसँग भने, ‘आन्तरिक प्रतिस्पर्धा हो, सहजै लिनुपर्यो नि।' त्यसो त उनी गाउँपालिकाको वडा नम्बर ६ का अध्यक्ष पनि हुन्। जनप्रतिनिधि पनि भएको नाताले उनी जनता र कार्यकतासँग राम्रैसँग भिजेको हुने सहजै जित्‍ने अनुमान गरिएको थियो।

उनलाई एक मतले पराजित गर्ने बलबहादुर तिलिजा अधिकांश समय पोखरा बसोबास गर्छन्। उनले म्याग्दीको शिखबाट पोखरा बसोबास गर्नेहरुको संस्था शिख्तानी समाजको नेतृत्व पनि गर्छन्। 

भारतीय गोर्खा सैनिक सेवाबाट अवकाश लिएर उनी पोखरा बसोबास गरिरहेका छन्। अवकाश लगत्तै उनले नेपाली कांग्रेसको राजनीति सुरु गरेका थिए। उनको पार्टी क्रियाशील सदस्यता भने गाउँपालिकाको वडा नम्बर ५ बाट छ। 

Laxmi sunrise bank
kumari

अन्‍नपूर्ण गाउँपालिकामा पालिका अधिवेशनका लागि १२८ जना क्षेत्रीय प्रतिनिधि चयन भएका थिए। तीमध्ये ११७ मत खस्दा २ मत बदर भएको थियो। गणना भएका ११५ मतमा तिलिजाले ५८ मत ल्याए भने, बरुवालले ५७ मत ल्याएका हुन्। 

कांग्रेस राजनीतिमा तिलिजा संस्थापन पक्षका मानिन्छन् भने बरुवाल पौडेल पक्षका उम्मेदवार मानिन्छन्। 

गाउँपालिकामा अन्य पदाधिकारी भने सर्वसम्मत भएका छन्। उपभापतिमा राजेश तिलिजा र अर्जुन गुरुङ, सचिवमा टुकबहदुर फगामी र ललिता तिलिजा, सह सचिवमा गोपाल पुर्जा र धनबहादुर पाइजा चयन भएका छन्।

प्रकाशित: Sep 25, 2021| 18:53 शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।