नेपाल घरेलु तथा साना उद्योग महासंघले लघु, घरेलु तथा साना उद्यमीले लकडाउन अवधिभर कर्जाको ब्याज तथा हर्जाना मिनाहा गर्न अर्थमन्त्री डा. युवराज खतिवडासँग माग गरेको छ।
कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहँदा त्यसको प्रत्यक्ष असर रेमिट्यान्स बढी भित्रिने नेपालजस्तो मुलुकमा पर्ने भएको छ । नेपालमा कुल बजेटको झन्डै ५७ प्रतिशत रकम रेमिट्यान्सको रुपमा भित्रिने गरेको छ ।
अर्थमन्त्री डा.युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव हुन नदिने गरी काम गरिरहेको बताएका छन् । विहिबार नेपाल उद्योग परिसंघ (सिएनआइ) का प्रतिनिधिहरुसँग उनले तरलता सरकारको ट्रेजरीमा आएमा बजारमा...