बिहीबार, भदौ ४, २०८३

घरभाडामा छुट दिन सैलुन सञ्चालकको माग

लकडाउन जारी रहँदा गरिब, विपन्न परिवार मात्र होइन सीपलाई पेसा बनाउने व्यवसायी पनि समस्यामा पर्न थालेका छन्।
 |  आइतबार, वैशाख ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०७७

विराटनगर– लकडाउन जारी रहँदा गरिब, विपन्न परिवार मात्र होइन सीपलाई पेसा बनाउने व्यवसायी पनि समस्यामा पर्न थालेका छन्।
सीपलाई पेसा बनाएर घर भाडामा लिइ व्यावसाय सञ्चालन गर्नेहरु दैनिक आय गर्नबाट वञ्चित हुनुपर्दा परिवार पाल्न र घरधनीलाई भाडा बुझाउन समस्यामा परेका हुन्।

विराटनगर महानगरपालिकामा भित्र २०० भन्दा बढी सैलुन छन्। अधिकांश लकडाउनका कारण बन्द छन्।

सैलुन सञ्चालकहरु ‘घर भाडा कसरी तिर्ने’ भन्ने चिन्तामा छट्पटिन थालेका यहाँस्थित जनपथका मेकप हेयर ड्रेसर सैलुनका सञ्चालक शिवशङ्कर ठाकुरले बताए। उनले सामान्य अवस्थामा दैनिक आर्जन गरेको रकमबाट घर भाडा बुझाएर आफ्नो परिवारको दैनिक गुजरा चलिरहेको र अब कसरी जीविकोपार्जन गर्ने भन्ने चिन्ता लागेको बताए।

स्टार सैलुनका सञ्चालक राजेश ठाकुरले आफूले मासिक रुपमा १० हजार रुपैयाँ घरभाडा लिएर सैलुन सञ्चालन गर्दै हुँदा बन्दाबन्दीको समयमा घर भाडा नलिइदिन घरधनीसँग आग्रह गरे।

यहाँका सैलुन सञ्चालकहरुले ५ हजारदेखि २५ हजार रुपैयाँसम्म घर भाडा तिर्ने गरेका छन्। उनीहरुले कपाल काटेको ८०, दाह्री काटेको ५०, मालिस गराएको १५०, अन्य फेस मसाज, कपाल कलर र फेसियल गरेबापत ग्राहक हेरी हेरी रकम लिने गरेका छन्।

पुरुष सैलुन मात्र नभएर महिलाहरुको लागि पनि सञ्चालन गरिएको ब्युटिपार्लर पनि बन्द छन्। ब्युटिपार्लरमा प्रायः महिला एवं युवती जाने उनीहरु आफ्ना सौन्दर्यमा हजारौं खर्च गरिरहेको कम ठप्प हुनुले ब्युटिपार्लर सञ्चालकहरु पनि चिन्तामा छन्।

ती व्यावसायी घर भाडा तिर्न समस्या रहेको र लकडाउन अवधिभरको घरधनीले बहाल नलिन आग्रह गरेका छन्।  स्थानीय विजया दाहालले ब्युटिपार्लरमा जान नपाएर समस्यामा परेको बताइन्।

मेकअप हेयर ड्रेसर सैलुनमा कपाल र दाह्री कटाउन पुग्नु भएका शारीरिक सुगठनका अन्तराष्ट्रिय निर्णायक एवं कलाकार पुष्प श्रेष्ठले लामो कपाल देखाउँदै भने, “लकडाउन छ। सामाजिक दूरी कायम गर्न सरकारले भनेको छ। के गर्नु कपाल पनि नकाटी भएको छैन।” –रासस

प्रकाशित: Apr 19, 2020| 17:12 आइतबार, वैशाख ७, २०७७
प्रतिक्रिया दिनुहोस्