बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मेगा बैंकका ग्राहकलाई घरमै बसी सामान किन्दा विशेष छुट

मेगा बैंकका ग्राहकलाई घरमै बसी सामान किन्दा विशेष छुट

मेगा बैंक नेपाल लिमिटेडका ग्राहकले अत्यावश्यक दैनिक उपभोग्य सामग्री घरमै बसेर आकर्षक छुटमा खरिद गर्न सक्ने भएका छन्।
 |  शुक्रबार, वैशाख ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ५, २०७७

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडका ग्राहकले अत्यावश्यक दैनिक उपभोग्य सामग्री घरमै बसेर आकर्षक छुटमा खरिद गर्न सक्ने भएका छन्।

दैनिक उपभोग्य सामग्री घरदैलोमै पुर्याउँदै आएको मेरो किराना डटकमले मेगा बैंकका ग्राहकलाई १० प्रतिशतसम्मको आकर्षक छुट दिने सहमति भएको छ।

कोरोना भाइरस रोग (कोभिड–१९)का कारण देशव्यापी लकडाउन गरिएपछि बजार पहुँच नहुँदा उपभोग्य सामग्री अभाव हुन नदिन र कोरोना संक्रमणको जोखिम घटाउन ग्राहकलाई यो सुविधाको दिइएको बैंकले जनाएको छ।

जसअनुसार, मेगा बैंकका मोबाइल बैंकिङ तथा डेबिट र क्रेडिट कार्डबाहक ग्राहकले किरानाको अनलाइन तथा एप्स सेवामार्फत अत्यावश्यक दैनिक उपभोग्य वस्तु अर्डर गरी घरदैलोमा पाउन सक्नेछन्। यो सुविधा लकडाउनपछि पनि जारी रहने बैंकले जनाएको छ।

बैंकले जारी लकडाउनमा आफ्ना ग्राहकलाई देशव्यापीरूपमा एटिएम, डिजिटल तथा अनलाइन बैंकिङ सेवाका साथै नगद काउन्टर, रेमिट्यान्स, एलसी ग्यारेन्टी सेवा उपलब्ध गराइरहेको छ।

प्रकाशित: Apr 17, 2020| 16:23 शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्