बिहीबार, भदौ ४, २०८३

दूध बिक्री नहुँदा किसान मारमा

लकडाउनका कारण गाईभैंसीको दूध बिक्री नहुँदा रामेछापका किसान मारमा परेका छन्।
 |  आइतबार, वैशाख ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०७७

रामेछाप- लकडाउनका कारण गाईभैंसीको दूध बिक्री नहुँदा रामेछापका किसान मारमा परेका छन्।
जिल्लामा २ वटा दूध डेरी छन्। ती डेरीले किसानले उत्पादन गरेको दूध किनेका छैनन्।

निरजन गाई फार्म मन्थलीकी सञ्चालक डुकुना घिमिरेका अनुसार बजार नखुलेपछि दूध किनबेच गर्न सकिएको छैन। बजारमा भैंंसीको दूध प्रतिलिटर ७० रुपैयाँ र गाईको दूध ६० रुपैयाँमा बिक्रीवितरण हुँदै आएको छ।

कोरोनाका कारण दूध विक्री नभएपछि किसानले गाउँघरमा त्यत्तिकै दूध बाँडने गरेका छन्। धेरै दुध उत्पादन गर्ने किसानले भने बनाएका खुवार पनिर पनि बिक्न छाडेको छ। लकडाउनका कारण चौपायालाई खुवाउने दाना र घाँस समेत सकिएको छ।

प्रकाशित: Apr 19, 2020| 11:24 आइतबार, वैशाख ७, २०७७
प्रतिक्रिया दिनुहोस्