काठमाडौं– नेपाल आयल निगमसँग रहेको भण्डारण गृह भरिएपछि पाइपलाइनबाट डिजल आयात बन्द गरिएको छ।
बन्दाबन्दीले गर्दा अत्यावश्यक सवारीसाधन बाहेक अरू चलेका छैनन्। जसले गर्दा डिजलको माग घटेको हो। माग घटेसँगै बिहीबारदेखि आयात बन्द गरिएको आयल निगमले जनाएको छ।
यसअघि दैनिक सात हजार किलोलिटर डिजल खपत हुँदै आएको थियो। अहिले दैनिक एक हजार किलोलिटरमा झरेको छ।
निगमसँगै करिब ६७ हजार किलोलिटर इन्धन भण्डारण गर्ने क्षमता छ।