बिहीबार, भदौ ४, २०८३

लकडाउनमा इन्टरनेट नकाट्न निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउनका समयमा ग्राहकको इन्टरनेट सेवा नकाट्न सेवा प्रदायकलाई निर्देशन दिएको छ।
 |  शुक्रबार, वैशाख ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ५, २०७७

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउनका समयमा ग्राहकको इन्टरनेट सेवा नकाट्न सेवा प्रदायकलाई निर्देशन दिएको छ।

केही इन्टनेट सेवा प्रदायकले समयमा महसुल भुक्तानी नगरेका कारण सेवा अवरुद्ध गरेको भन्ने गुनासो आएसँगै प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो।

लकडाउन अवधिमा इन्टरनेट सेवाको महसुल भुक्तानी गर्न असमर्थ भएको अवस्थामा इन्टनेट सेवा अवरुद्ध हुँदा आममानिसमा त्यसको नकारात्मक असर पर्न जाने भन्दै प्राधिकरणले अनलाइन माध्यमबाट भुक्तानी लिने व्यवस्था मिलाउन पनि सूचित गरेको छ।

प्राधिकरणले भुक्तानी गर्न असमर्थ ग्राहकहरुको इन्टनेट सेवासमेत लकडाउन अवधिभर निरन्तर सञ्चालन हुने गरी व्यवस्था मिलाउन र लकडाउन अवधिपश्चात विलम्ब शुल्क नलिई भुक्तानी लिने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ।

प्रकाशित: Apr 17, 2020| 16:59 शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्