बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • तरलता अभाव हुन दिन्नँ, राहत प्याकेजको तयारी भइरहेको छ : अर्थमन्त्री खतिवडा

तरलता अभाव हुन दिन्नँ, राहत प्याकेजको तयारी भइरहेको छ : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा.युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव हुन नदिने गरी काम गरिरहेको बताएका छन् । विहिबार नेपाल उद्योग परिसंघ (सिएनआइ) का प्रतिनिधिहरुसँग उनले तरलता सरकारको ट्रेजरीमा आएमा बजारमा रकम पठाएर तरलता अभाव हुन नदिने बताएका हुन् ।
 |  बिहीबार, वैशाख ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ४, २०७७

अर्थमन्त्री डा.युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव हुन नदिने गरी काम गरिरहेको बताएका छन् । विहिबार नेपाल उद्योग परिसंघ (सिएनआइ) का प्रतिनिधिहरुसँग उनले तरलता सरकारको ट्रेजरीमा आएमा बजारमा रकम पठाएर तरलता अभाव हुन नदिने बताएका हुन् ।

“रेमिट्यान्स घटेर तरलतामा समस्या पर्नसक्छ भन्ने हाम्रो ठम्याइ हो, तर हामीले अन्य स्रोतलाई परिचालन गर्न सक्या भने असर कम पर्ने देखिन्छ,,” उनले भने । उनले स्थानीय तहको खर्च हुन नसकेको रकम बाणिज्य बैंकहरु मार्फत खर्च हुने बाटो खोलेको बताउँदै उनले बैंकहरुले वाह्य प्रणालीबाट ऋण लिन थालेको र विभिन्न बैंकहरुले आठ अर्बको हाराहारीमा ऋण ल्याइसकेको तथा सो प्रणालीलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताए।

उनले भने, “नेपालका बैंक तथा वित्तीय संस्थालाई ऋण दिनका लागि आइएफसी वा सीडीसी जस्ता संस्थाहरु तयार छन्, ती सस्ंथाहरुबाट ऋण ल्याउने बैंकहरुको लागि सरकारले के नियमन गर्न सक्छ। त्यो गर्छ ।”

त्यसैगरी उनले हाल सरकारको ट्रेजरीमा धेरै पैसा नभएको र पुँजी र उत्पादनसँग जोडिएको क्षेत्रलाई जोगाउनु अहिलेको मुख्य काम भएको जानकारी दिँदै कोरोना संक्रमणको अवधि लम्बिएकाले दोस्रो चरणको प्याकेजमा जाने सरकारले तयारी गरिरहेको स्पष्ट पारे । उनले भने, “आउँदो नीति तथा कार्यक्रम र बजेटसम्ममा मध्यकालीन र दीर्घकालीन योजना आउने छन्।”

अर्थमन्त्री डा. खतिवडाले उद्योग क्षेत्रमा व्याज र कर्मचारी सेवा सुविधा र सामाजिक सुरक्षाको समस्या रहेको बताउँदै पहिलो चरणमा ल्याएको राहत प्याकेजमा ब्याज, किस्तालाई मात्र ध्यान दिएको तर अब निजी क्षेत्रको लगानीलाई सामान्य अवस्थामा फर्काउनका लागि विषेश योजना ल्याउने पनि उल्लेख गरे।

प्रकाशित: Apr 16, 2020| 19:09 बिहीबार, वैशाख ४, २०७७
प्रतिक्रिया दिनुहोस्