बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • 'अवस्था हेरी भौगोलिक रूपमा लकडाउन खुकुलो हुँदै जान्छ'

'अवस्था हेरी भौगोलिक रूपमा लकडाउन खुकुलो हुँदै जान्छ'

मन्त्री खतिवडाले जोखिमको अवस्था हेरेर भौगोलिक क्षेत्रका आधारमा लकडाउन खुकुलो बनाउन गृहकार्य भइरहेको बताएका हुन्।
 |  आइतबार, वैशाख ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०७७

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले कोभिड–१९ संक्रमणको अवस्था हेरेर लकडाउन खुकुलो बनाउन सकिने बताएका छन्।

आइतबार नेपाल चेम्बर अफ कमर्शको ज्ञापनपत्र बुझ्दै मन्त्री खतिवडाले जोखिमको अवस्था हेरेर भौगोलिक क्षेत्रका आधारमा लकडाउन खुकुलो बनाउन गृहकार्य भइरहेको बताएका हुन्।

खतिवडाले राहत किनेर खाना नसक्नेहरूका लागि भएको भन्दै सक्नेले किनेर खाना आग्रह पनि गरेका छन्।

उनले दैनिक ज्यालादारी गर्ने मजदुरलाई मात्रै राहतको लाइनमा बसिदन आग्रह गरे। खतिवडाले भने, –“किनेर खाना सक्नेहरू पनि राहतको लाइनमा बस्दा वास्तविक पीडितलाई समस्या भएको छ। मासिक तलब खानेहरू राहत लिन नगइदिनुस्।”

खतिवडाले मानिस रोगले मात्रै नभएर भोकले पनि मर्ने सरकारलाई राम्रोसँग जानकारी भएको बताएका छन्।

उनले मानिस भोकै नमरुन् भनेर सरकारले आपूर्तिको उचित व्यवस्थापन गरेको बताए।

मन्त्री खतिवडाले नेपालमै रोजगारीको वातावरण बनाउन सरकार लागिपरेको र निजी क्षेत्रको लागि दीर्घकालीन राहतको प्याकेज बजेटमार्फत् ल्याउने घोषणा पनि गरे।

प्रकाशित: Apr 19, 2020| 21:00 आइतबार, वैशाख ७, २०७७
प्रतिक्रिया दिनुहोस्