बिहीबार, भदौ ४, २०८३

५० ग्यास उद्योगको अनुमतिपत्र खारेज

नेपाल आयल निगमले अनुमति पत्र लिएर उद्योग स्थापना नगर्ने ५० ग्यास उद्योगको अनुमतिपत्र खारेज गरेको छ।
 |  आइतबार, वैशाख ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०७७

काठमाडौं– नेपाल आयल निगमले अनुमति पत्र लिएर उद्योग स्थापना नगर्ने ५० ग्यास उद्योगको अनुमतिपत्र खारेज गरेको छ।

अनुमति पत्र लिएर उद्योग स्थापना नगर्ने ५० ग्यास उद्योगको अनुमतिपत्र खारेज गर्ने निर्णय भएको निगमका निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए।

“निगमबाट अनुमति पत्र लिने उद्योग स्थापना नगर्ने तथा अनुमतिपत्र खरिद–बिक्री गर्ने जस्ता कार्यलाई निरुत्साहित गर्न अनुमति पत्र खारेजीको प्रक्रिया थालिएको हो,” पौडेलले भने, “अनुमतिपत्र खारेज भएका उद्योगले २०७१ सालपछि संचालन अनुमति पत्र लिएका थिए।”

उद्योग विभागमा ग्यास उद्योग दर्ताको लागि निवेदन दिने र विभागबाट निगमसँग राय प्रतिक्रिया मागेपश्चात सम्पर्कमा नआउने परिपाटीले निगमलाई एलपी ग्यास उद्योग व्यवस्थापनमा समस्या परेकोले अनुमतिपत्र खारेजको प्रक्रिया थालेको निगमले जनाएको छ।

अनुमतिपत्र लिएका ५३ ग्यास उद्योगलाई निगमले यसअघि २०७६ पुस ८, १० र १३ गते तीन पटक सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको थियो।

उक्त अवधिमा सैपाल ग्यास उद्योग, सगरमाथा ग्यास इन्डस्ट्रिज र सीता ग्यास उद्योग मात्र सम्पर्क आएको निगमले जनाएको छ।

तीन वटा ग्यास उद्योगले पीडीयो निर्माणका लागि सम्पर्कमा आएकाले अनुमति दिएको र बाँकी ५० वटा उद्योगको अनुमति खारेज गरेको निगमले जनाएको छ।

 

प्रकाशित: Apr 19, 2020| 14:26 आइतबार, वैशाख ७, २०७७
प्रतिक्रिया दिनुहोस्