बिहीबार, भदौ ४, २०८३

लकडाउनले जुनारमा औषधि छर्कने समय घर्क्यो

किराको प्रकोप नियन्त्रणका लागि विषादी छर्किने समय घर्किंदै जाँदा किसानलाई नोक्सानी हुने भएको हो।
 |  आइतबार, वैशाख ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०७७

सिन्धुली- लकडाउनको प्रभाव जुनारखेतीमा पनि परेको छ। किराको प्रकोप नियन्त्रणका लागि विषादी छर्किने समय घर्किंदै जाँदा यस वर्ष जुनार उत्पादनमा ह्रास आउने भएकाे छ।

जुनारको दाना कुहाउने तथा औंसा पार्ने झिँगा चाइनिज सिट्रस फ्लाई ब्याक्ट्रोसेरा मिन्याक्स नियन्त्रण गर्न प्रोटिन वेट नामक विषादी वैशाख दोस्रो सातासम्ममा जुनारको बोटमा छिटिसक्नुपर्छ। तर अहिलेसम्म विषादी छर्न लकडाउनका कारण स्प्रे कर्ता छनौट र तालिम भएको छैन।

जुनार फल कुहाउन औंसा पार्ने किराको पोथी झिँगाले फुल पार्नका लागि प्रोटिनको आवश्यक पर्छ। अहिले स्प्रे गर्दा बोटमै किरा आएर मर्ने भएकाले विषादी प्रभावकारी भएको कृषि प्राविधिक जहानबहादुर कार्की बताउँछन्। उनका अनुसार विषादी प्रयोगपछि ७० प्रतिशतसम्म किरा नियन्त्रणमा आएको छ।

सिन्धुलीमा गत वर्ष जुनारबाट किसानले ३२ करोडको हाराहारीमा आम्दानी लिएका थिए। जिल्लाका गोलन्जोर, सुनकोसी, तीनपाटन, फिक्कल गाउँपाालिका र कमलामाइ नगरपालिकाका केही वडाको ६ सय तेइस हेक्टर क्षेत्रफलमा जुनार खेती हुँदै आएको जुनार सुपरजोन सिन्धुलीका प्रमुख देवराज अधिकारीले बताए। जिल्लाका आठ हजार किसान जुनारखेतीमा आश्रित छन्।

प्रकाशित: Apr 19, 2020| 10:54 आइतबार, वैशाख ७, २०७७
प्रतिक्रिया दिनुहोस्