बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नियोस्फेयरद्वारा विद्यार्थीहरुलाई निःशुल्क अनलाईन तालिम

नियोस्फेयरद्वारा विद्यार्थीहरुलाई निःशुल्क अनलाईन तालिम

 |  बिहीबार, वैशाख ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ४, २०७७

विश्वभर फैलिएको कोभिड–१९ का कारण अहिले देशभर लकडाउनको अवस्था छ र अहिलेको यस परिस्थितिमा आफ्नो र आफ्नो परिवारको सुरक्षाकालागि हामी सबै घर बस्न बाध्य भएका छौं ।

अहिलेको परिस्थितिमा विधार्थीहरुको पढाई निकै प्रभावित भएको देखिन्छ र यसै समयको सदुपयोग गरी भविष्यका लागि तयार हुनको निमित्त नियोस्फेयर ले घरमै बसेर सिक्न सकिने गरी दुई हप्ताको अनलाईन ट्रेनिङ्ग कक्षाहरु संचालन गर्दैछ ।

सबै उमेर समूहका विधार्थीलाई हुने गरी प्रोग्रामिङ र ग्राफिक डिजाइनमा केन्द्रित भएर संचालन हुने उक्त कक्षाहरुमा १००० विधार्थीलाई निःशुल्क ट्रेनिङ्ग उपलब्ध गराइनेछ । ईच्छुक विधार्थीहरुले नियोस्फेयरको वेबसाइटमा गएर रजिष्ट्रर गर्न सक्छन् ।

 

प्रकाशित: Apr 16, 2020| 08:24 बिहीबार, वैशाख ४, २०७७
प्रतिक्रिया दिनुहोस्