कार्यान्वयन क्षमताको अभाव, कमजोर ठेक्का व्यवस्थापन, जग्गा प्राप्ति र रुख कटानमा समस्या एवं ढिलाइ, रेखांकन, सीमांकन र सीमा विवाद, निर्माण सामग्री अभाव, अन्तरनिकाय समन्वयको कमीका कारण राष्ट्रिय गौरवका आयोजनाको काममा...
सरकारले आगामी दुई वर्षभित्रै मुलुकलाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्य लिएको छ। सोअनुसार कार्य भइरहेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आफ्ना भावी कार्यदिशा सार्वजनिक गर्दै दुई...
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा व्यापक प्रचार प्रसारका साथ सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमले तालिम र बेरोजगारलाई सहुलियतपूर्ण दरमा ऋण उपलब्ध गराउने काममा शून्य प्रगति भएको देखिएको छ।
तत्कालीन सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड रुपैयाँ बार्गेनिङ गरेको मुद्रण प्रेस मेसिन नकिन्दै ८६ करोड रुपैयाँ खर्च गरेको पाइएको छ।
शुक्रबार महालेखापरीक्षक टंकमणि शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको महालेखापरीक्षकको कार्यालयको ५८औँ प्रतिवेदनले अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा २७ अर्ब १४ करोडभन्दा बढी रकम असुलउपर नभएको उल्लेख गरेको हो।
अहिले सेयर बजारका लगानीकर्ता ३७ लाख पुगेको तर एक सय जना जतिले मात्रै लाभ लिन सकेको उनको भनाइ छ। सबै लागनीकर्तालाई दृष्टिगत गरी मन्त्रालयले काम गरिरहेको उनको भनाइ छ।
शुक्रबार महालेखा परीक्षक टंकमणि शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको महालेखापरीक्षकको कार्यालयको ५८औं वार्षिक प्रतिवेदनमा मुलुकको बेरुजु रकम पौने ७ खर्बभन्दा बढी पुगेको उल्लेख गरिएको हो।
सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका प्रमुख कार्यकारी अधिकृतको गैरकानुनी संलग्नता रहेको भन्दै प्रश्न उठाएपछि संसदको अर्थ समितिले यसमा हात हालेको हो।
गत शुक्रबार मौद्रिक नीति जारी गरी सेयर धितो कर्जामा ‘क्याप’ लगाएर केही कडाइ गरिए पनि त्यसले नपुग्ने भन्दै राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत थप कडाइ गर्ने तयारी गरेको हो।
हास्य कलाकार सन्दीप क्षेत्री नेपाली एप हाम्रो पात्रोको ब्रान्ड एम्बेसडर बनेका छन्। हाम्रो पात्रोले बुधबारदेखि लागु हुनेगरी क्षेत्रीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो।
अर्थमन्त्री जनार्दन शर्माले बहुआयामिक गरिबीको दर सबभन्दा धेरै रहेको कर्णाली प्रदेशको विकास विना समग्र राष्ट्रको गरिबी अन्त्य नहुने भएकोले त्यसतर्फ लगानी बढाउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेका छन्।