आइतबार, असोज १८, २०८३

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

योसँग अब पेट्रोलको मूल्य १३० रुपैयाँ प्रतिलिटर डिजेल र मट्टितेलको मूल्य ११३ रुपैयाँ प्रतिलिटर र आन्तरिक हवाइ इन्धनको मूल्य ८६ प्रतिलिटर कायम भएको छ।
 |  सोमबार, भदौ ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ७, २०७८

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। सोमबार राति १२:०० बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टितेल तथा हवाई ईन्धन (आन्तरिक)मा मूल्यवृद्धि गरिएको निगमले जानकारी दिएको हो। यी सबै खाले इन्धनमा प्रतिलिटर २ रुपैयाले मूल्य वृद्धि गरिएको निमगले जानकारी दिएको छ। 

योसँग अब पेट्रोलको मूल्य १३० रुपैयाँ प्रतिलिटर डिजेल र मट्टितेलको मूल्य ११३ रुपैयाँ प्रतिलिटर र आन्तरिक हवाइ इन्धनको मूल्य ८६ प्रतिलिटर कायम भएको छ। 

अन्तर्राष्ट्रिय हवाइ इन्धनमा भने प्रतिकिलोलिटर १६ अमेरिकी डलर वृद्धि गरि ७७० डलर प्रति किलोलिटर कायम गरिएको छ। यस्तै खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ बढाएर १ हजार ४५० रुपैयाँ पुर्‍याइएको छ। 

प्रकाशित: Aug 23, 2021| 20:22 सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्