आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कुलमानका योजना : दुई वर्षभित्र सबैलाई बिजुली, विदेशी ग्यास बाइबाइ

कुलमानका योजना : दुई वर्षभित्र सबैलाई बिजुली, विदेशी ग्यास बाइबाइ

सरकारले आगामी दुई वर्षभित्रै मुलुकलाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्य लिएको छ। सोअनुसार कार्य भइरहेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आफ्ना भावी कार्यदिशा सार्वजनिक गर्दै दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने बताएका हुन्।
 |  सोमबार, भदौ ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ७, २०७८

काठमाडौं– सरकारले आगामी दुई वर्षभित्रै मुलुकलाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्य लिएको छ। सोअनुसार कार्य भइरहेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आफ्ना भावी कार्यदिशा सार्वजनिक गर्दै दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने बताएका हुन्। 

उज्यालो सहर अभियान सञ्चालनका लागि स्थानीय तहसँग समन्वय गरिने प्राधिकरणको योजन छ। स्थानीय तहसँग सहकार्य गरी मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदा, विश्वसम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानमा स्मार्ट लाइट जडान गरिने योजना प्राधिकरणले बनाएको छ। जसबाट सहरको सौन्दर्य बढ्ने र रातको समयमा खेर जाने बिजुली खपत हुने आपेक्षा छ।

प्राधिकरणले उज्यालो सहरअन्तर्गत पहिलो चरणमा काठमाडौं उपत्यकामा अभियान चलाउने भएको छ। क्रमशः चितवनको भरतपुर, पोखरा महानगरपालिका लगायत मुलुकभरिका पर्यटकीय स्थानमा उज्यालो र सफा सहर अभियान सञ्चालनमा ल्याइने घिसिङ बताउँछन्। 

काठमाडौंका अन्य क्षेत्रसहित ललितपुर, भक्तपुर, पोखरा र भरतपुरको नगर क्षेत्रका तार अन्डरग्राउन्ड गर्ने योजना प्राधिकरणको छ।

यसरी क्षेत्रमा कुरुप देखिने तार अन्डरग्राउन्ड गर्ने काम अघि बढाइने घिसिङ बताउँछन्। प्राधिकरण केन्द्रीय कार्यालय रहेको रत्नपार्क क्षेत्र र महराजगन्ज वितरण केन्द्रअन्तर्गतका केवल तार अन्डरग्राउन्ड काम अघि बढिसकेको छ। त्यसपछि काठमाडौंका अन्य क्षेत्रसहित ललितपुर, भक्तपुर, पोखरा र भरतपुरको नगर क्षेत्रका तार अन्डरग्राउन्ड गर्ने योजना प्राधिकरणको छ।

ललितपुर महानगरपालिका र डडेल्धुराको अमरगढी नगरपालिकाको समन्वयमा स्मार्ट लाइट जडान गर्ने कार्य सकिएको प्राधिकरणको भनाइ छ। भरतपुर महानगरपालिका, झापाको कन्काइ, दोलखाको भीमेश्वर, उदयपुरको बेलका, कञ्चनपुरको भीमदत्त नगरपालिकामा स्मार्ट लाइट जडान भइरहेको प्राधिकरणले जनाएको छ। काठमाडौं, पोखरा र ललितपुरमा दोस्रो चरणमा स्मार्ट लाइट जडानका लागि ठेक्का सम्झौता अन्तिम चरणमा पुगेको छ। 

गत १ भदौमा घिसिङले सार्वजनिक गरेको आगामी कार्यदिशामा विद्युत्को अनुगमन तथा नियमन डिजिटल रुपमा गरी ग्राहकलाई उत्कृष्ट सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ। यस्तै उनले ‘विद्युत् उत्पादनदेखि वितरणसम्मको प्रणाली अनुगमन, नियन्त्रण र व्यवस्थापन स्वचालित प्रणालीबाट गरी सञ्चालन लागत घटाउने र ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरिने’ बताएका छन्। ‘उत्पादित विद्युतको स्वदेशमा नै खपत गर्न तथा बढी भएको विद्युत् अन्तर्देशीय बजारमा बिक्री गर्न बजारको अध्ययन विश्लेषण गरी उपयुक्त कदम चालिने’ समेत घिसिङले सार्वजनिक गरेको भावी कार्यदिशामा उल्लेख छ।

‘उत्पादित विद्युतको स्वदेशमा नै खपत गर्न तथा बढी भएको विद्युत् अन्तर्देशीय बजारमा बिक्री गर्न बजारको अध्ययन विश्लेषण गरी उपयुक्त कदम चालिने’ समेत घिसिङले सार्वजनिक गरेको भावी कार्यदिशामा उल्लेख छ।

त्यस्तै विद्युत् खपत वृद्धिका लागि पूर्वाधार निर्माण, ग्रामीण विद्युतीकरण, कृषि, सिँचाइ र औद्योगिक वर्गका ग्राहकको महसुलमा पुनरवलोकन गरिने घिसिङको योजना छ। ‘विद्युतीय सवारीसाधनको प्रयोग र विद्युतीय चुलोको उपयोग गर्न तदनुरुप जनचेतना अभिवृद्धि गर्नेसमेतका कार्य प्रभावकारी रुपमा सञ्चालन गरिनेछ’ घिसिङको भावी  कार्यदिशामा उल्लेख छ, ‘विद्युत माग र खपत वृद्घिसँगै वितरण प्रणालीको समेत विस्तार र सुदृढीकरण गर्नुपर्ने भएकोले सो कार्यसमेत प्राथमिकताका साथ अघि बढाइनेछ।’

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले यसअघि नै ‘विदेशी ग्यास छोडौं, स्वदेशी बिजुली जोडौं’ नारा सार्वजनिक गरेको छ। मुलुकमा विद्युत् उत्पादन बढ्दै गएकाले खपत बढाउने उद्देश्यले मन्त्रालयले यस्तो नारा अघि सारेको हो। 

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गत १ भदौमा विद्युत् प्राधिकरणको वार्षिकोत्सवको अवसरमा उक्त जानकारी गराएकी थिइन्। ‘मैले सार्वजनिक गरेको मन्त्रालयको प्राथमिकतामा ‘विदेशी ग्यास छोडौं, स्वदेशी बिजुली जोडौं’ भन्ने नारा छ’ मन्त्री भुसालले भनेका थिइन्, ‘विद्युतीय चुलोको प्रयोग बढाउँदै लैजाने योजनालाई सहयोग गर्न धेरै विद्युत् खपत गर्ने ग्राहकलाई विद्युत महसुलमा सुविधा दिने निर्णयसमेत भइसकेको छ।’ मन्त्रालयको उक्त योजनाअनुसार मुलुकमा आयात हुने ग्यास विस्थापित हुने र ग्यास खरिदबापत विदेशिने पुँजी नेपालमै बस्ने अपेक्षा छ।

भुसालले विद्युत्का क्षेत्रमा कल्पना गरिएका यस किसिमका योजना पूरा गर्न प्राधिकरणको साथ अपरिहार्य रहेको समेत बताएकी दिइन्।


प्रकाशित: Aug 23, 2021| 14:47 सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्