काठमाडौं- हास्य कलाकार सन्दीप क्षेत्री नेपाली एप हाम्रो पात्रोको ब्रान्ड एम्बेसडर बनेका छन्। हाम्रो पात्रोले बुधबारदेखि लागु हुनेगरी क्षेत्रीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो।
हाम्रो पात्रो इंकका संस्थापक शंकर उप्रेतीले एप डाउनलोड एक करोड पूरा भएको उपलक्ष्यमा क्षेत्रीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरिएको बताए।‘कम्पनीले थुप्रै नयाँ योजना तथा फिचरको क्षेत्रमा काम गरिरहेको छ,’उनले भने, ‘त्यसको व्यवसायिक प्रवर्द्धनमा संस्थाले उहाँको साथ खोजेको हो।’
हास्य कलाकार क्षेत्रीले 'हाम्रो पात्रो' आम नेपालकीको जनजीवन सहज बनाउने एप भएको बताएका थिए। उनले हाम्रो पात्रोसँग जोडिन पाउनु आफ्नो लागि उत्साहपूर्ण भएको बताएका छन्। 'मेरो मोबाइलमा डाउनलोड भएको पहिलो कुनै नेपाली एप थियो भनेत्यो हाम्रो पात्रो नैहो,' उनले भने, 'मलै आफ्नो मोबाइलमा हाम्रो पात्रो डाउनलोड गरेको धेरै वर्षपछि मात्र यो एप बनाउने मान्छे मेरो आफ्नै साथी हो भन्ने कुरा थाहा पाएको थिएँ। त्यसपछि नै सँगै केही गरौं भनेर यो सहकार्य गरेका हौं।'
हाम्रो पात्रोले थप नयाँ सेवासमेत ल्याउने तयारी गरिरहेको छ। कम्पनीले हालैमात्र म्यासेजिङ सेवाको रुपमा ‘हाम्रो म्यासेज’ ल्याएको छ। बेटा भर्सनमा रहेको यो सविुधा अब चाँडै पूर्णरूपमा आउनुका साथै आईओएसमा समेत उपलब्ध हुनेछ।
त्यस्तैनिकट भविष्यमा लेनदेन तथा खर्चको विवरण राख्न सकिने 'हिसाब किताब', परिकार बनाउन सिकाउने 'हाम्रो भान्सा' र तस्वीर तथा कागजातमा भएका अक्षरलाई युनिकोडमा उतार्न सघाउने 'हाम्रो अक्षर' जस्ता सुविधाहरू थप गर्ने तयारी भइरहेको संस्थापक उप्रेतीले जानकारी दिए।
सन् २०१० मा सुरू भएको हाम्रो पात्रोअन्तर्गत 'हाम्रो किबोर्ड', 'हाम्रो डिक्सनरी', 'हाम्रो लुडो', 'कलब्रेक एन्ड जुटपत्ती', 'हाम्रो म्यागेजिन' लगायत एप सञ्चालनमा छन्।