आइतबार, असोज १८, २०८३

९३ अर्ब रुपैयाँ राजस्व उठ्यो साउनमा

चालू आर्थिक वर्षको पहिलो महिना साउनमा सरकारले ९३ अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
 |  सोमबार, भदौ ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ७, २०७८

काठमाडौं– चालू आर्थिक वर्षको पहिलो महिना साउनमा सरकारले ९३ अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। सरकारले साउन महिनाको लागि एक खर्ब १५ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो। 

साउनमा उठाएको राजस्व सरकारको लक्षित राजस्वको ८.१ प्रतिशत भएको महालेखा नियन्त्रणको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार साउन महिनामा ७६ अर्ब रुपैयाँ कर राजस्व र १ अर्ब ७० करोड रुपैयाँ गैरकर राजस्व उठेको छ।

भन्सार विभागले मात्र आर्थिक वर्षको पहिलो महिनामा ४१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। आयात बढेकाले भन्सार राजस्व पनि बढेको हो। 

साउनमा वैदेशिक अनुदान भने आएको छैन। यो महिना सरकारले ६३ अर्ब रुपैयाँबराबरको वैदेशिक अनुदान आउने अनुमान गरेको थियो।

त्यस्तै चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारको खर्च ०.६४ प्रतिशतले बढेर १० अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। त्यस्तै चालुतर्फको खर्च ९ अर्ब ५५ करोड र पुँजीगततर्फ ९३ करोड ५० लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रणको कार्यालयले जनाएको छ। 


प्रकाशित: Aug 23, 2021| 13:15 सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्