आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सर्वोत्तम सिमेन्ट सयेर खरिद प्रकरण : थप छानबिनका लागि न्यायाधीश नेतृत्वको समिति बनाइने

सर्वोत्तम सिमेन्ट सयेर खरिद प्रकरण : थप छानबिनका लागि न्यायाधीश नेतृत्वको समिति बनाइने

सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा थप छानबिनका लागि न्यायाधिशको नेतृत्वमा समिति गठन गरिने भएको छ।
 |  शुक्रबार, भदौ ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ४, २०७८

काठमाडौं– सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा थप छानबिनका लागि न्यायाधिशको नेतृत्वमा समिति गठन गरिने भएको छ। नियामक निकायको रुपमा आन्तरिक छानबिन गरिरहेको अर्थ मन्त्रालयले सेयर खरिदमा नातेदारको सहभागिता रहेको ठहर गर्दै आवश्यक परे न्यायाधिशको नेतृत्वमा छानबिन समिति गठन गरेरै अध्ययन गरिने बताएको हो। 

अर्थ सचिव मधुकुमार मरासिनीले सेयर खरिदमा  धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सीईओका छोरी र श्रीमतीलाई सहभागी गराउन खोजेको देखिएकाले यसअघि संस्थालाई स्पष्टीकरण सोधिएको बताए। संस्थालाई स्पष्टीकरण सोधेर चित्त नबुझेपछि दुवै संस्थाका प्रमुखलाई पनि स्पष्टीकरण सोधिएको बताउँदै उनले आवश्यक परे न्यायाधिशको नेतृत्वमा समिति गठन गरेर अध्ययन गरिने बताए।

‘बोर्डको सञ्चालक समितिमा बस्न सेयर कारोबारमा संलग्न नभएको भन्ने छ। त्यसै अनुसार नै कारोबार गर्न सकिन्छ,’ उनले भने, ‘अरु नातेदार पनि संलग्न  भएको देखिन्छ। छानबिनको सबै विषय सार्वजनिक गरिन्छ र यसबाट पनि चित्त बुझेन भने न्यायाधीश नेतृत्वको समिति बनाउन सक्ने विकल्प छ।’

त्यस्तै अर्थमन्त्री जनार्दन शर्माले छानबिनका लागि ५ सदस्यीय कमिटी गठन भएको बताउँदै छानबिन अन्तिम चरणमा पुगेको बताए। उनले रिपोर्टका आधारमा कारबाही गरिने पनि प्रतिबद्धता व्यक्त गरे। त्यस्तै नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले नेप्सेको कार्यकारी र बोर्डका अध्यक्षले दिएको स्पष्टीकरण चित्त नबुझेको बताइन्। 

बोर्डका अध्यक्ष र सञ्चालक समिति तथा नेप्सेका सीईओ कानुनको दायरामा आउनुपर्नेमा उनले जोड दिइन्। अदालतको न्यायाधीश, कानुन सचिव र धितोपत्र विज्ञ राखेर छानबिन गर्नुपर्ने माग उनले गरिन्। 


प्रकाशित: Aug 20, 2021| 13:09 शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्