माघ मसान्तसम्म दुई अर्ब चार करोड राजस्व संकलन भएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नारद गौतमले बताए। ८२ करोड ६४ लाख लक्ष्य रहेकामा यो लक्ष्यको २४७.१७ प्रतिशत हो।
पदयात्राका लागि अन्नपूर्ण पदमार्गमा दैनिक आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि हुन थालेको छ। कोरोना भाइरस र बाढीपहिराको वितण्डापछि अहिले लमजुङ हुँदै पदयात्रा मार्गमा आउने पर्यटकको सङ्ख्या दैनिक ९० भन्दा...
कतार भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कतारका श्रममन्त्री डा अल वीन समिख अल मारीबीच भएको भेटवार्तामा श्रम सम्झौता नवीकरण गर्ने सहमति भएको हो।
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले पोखरामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। लघुवित्तले एक कार्यक्रमका बीच पोखराको चौथेमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।
हेलो सरकारकै तथ्यांकले भन्छ, ०७६ सालदेखि ०७८ साल अवधिभर यहाँ १७ हजार ७ सय ६७ गुनासो दर्ता भएका छन्। त्यसमा ११ हजार २६९ गुनासो हेलो सरकारबाट फर्छौट पनि भएको छ।...
नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९८ पैसा र बिक्री दर १२१...
स्थानीय तहको निर्वाचनपछि आएको जनप्रतिनिधिले ग्रामीण क्षेत्रलाई सडक सञ्जालले जोड्ने अभियान अगाडि बढाएको छ। विकास निर्माणमा पछि परेको यो नगरपालिकाका ग्रामीण क्षेत्रलाई सडक सञ्जालसँग जोड्ने कार्यलाई तीव्र रुपले अगाडि बढाएको...
सरोकारवाला र विज्ञहरुका भनाइमा अहिलेको समयमा बैैंक ब्याजदर दुई प्रतिशतमा राख्न असम्भवप्रायः छ। बैंकहरु एक हिसाबले अप्ठेरोमा छन्। तरलता अभावका कारण बैंकहरु कर्जा प्रवाह गर्न सकिरहेका छैनन्।
भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत फागुन महिनामा मात्रै ७४ हजार ३६ लिखत पारित भएको छ। यस्तै घर जग्गाको नामसारी मात्रै पाँच हजार नौ वटा भएका छन्।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९८ पैसा र बिक्री दर १२१...