बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नोबेल विजेता युनुसको सम्मानमा राष्ट्रउत्थान लघुवित्तले पोखरामा विस्तार गर्‍यो शाखा

नोबेल विजेता युनुसको सम्मानमा राष्ट्रउत्थान लघुवित्तले पोखरामा विस्तार गर्‍यो शाखा

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले पोखरामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। लघुवित्तले एक कार्यक्रमका बीच पोखराको चौथेमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।
 |  सोमबार, चैत ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत ७, २०७८

काठमाडौं- राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले पोखरामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। लघुवित्तले एक कार्यक्रमका बीच पोखराको चौथेमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

नेपाल भ्रमणमा रहेका ग्रामीण ट्रस्टका प्रबन्ध निर्देशक ए हाई खाँले लघुवित्तको शाखा उद्घाटन गरेका हुन्। लघुवित्तका पिता मानिने नोबेल पुरस्कार विजेता  एवम् ग्रामीण ट्रस्ट बंगलादेशका अध्यक्ष प्रो मोहम्मद युनुसको सम्मानमा राष्ट्र उत्थान लघुवित्तले पोखरा शाखा स्थापना गरी सञ्चालनमा ल्याएको हो। 

शाखा कार्यालय उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंकका गण्डकी प्रदेश प्रमुख डा. रामशरण खरेल र पोखरा महानगरपालिका १४ का वडा अध्यक्ष प्रेम कार्कीको विशेष उपस्थिति रहेको थियो। 

एमडी हाई खाँले लघुवित्तको मुख्य प्रवर्तक नेपाल ग्रामीण विकास संस्था (नेपाल रुरल डेभलपमेन्ट अर्गनाइजेसन (नेरुडो)) सँग दशकौँ पुरानो सम्बन्धको बारेमा जानकारी गराउँदै लघुवित्तलाई सबै सहयोग गर्ने आश्वासन दिए।

राष्ट्र बैंकका प्रमुख डा. खरेलले ग्रामीण ट्रस्टसँग मिलेर विपन्न वर्गको उत्थानका लागि राष्ट्र उत्थान लघुवित्तले खेलेको भूमिकाको प्रशंसा गरेका थिए। लघुवित्तका प्रमुख कार्यकारी निर्देशक सुधीर प्रसाद लोहनीले युनुस–पोखरा शाखाको आगामी योजना तथा कार्यक्रमबारे जानकारी गराएका थिए। 

प्रो युनुस बंगलादेशी सामाजिक उद्यमी, बैङ्कर, अर्थशास्त्री र नागरिक समाजका अगुवा हुन्। ग्रामीण बैंकको स्थापना र लघु ऋण र लघुवित्तको अवधारणा नवीन धारणा प्रवर्तन गरेकोमा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।

पोखरा शाखासँगै लघुवित्तको शाखा संख्या ९९ वटा पुगेको छ। 

प्रकाशित: Mar 21, 2022| 14:27 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्