काठमाडौं- साताको पहिलो दिन सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ।
गत शुक्रबार सुन ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदी पनि आज तोलामा १० रुपैयाँ घटेको छ। आइतबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ निर्धारण गरिएको छ। गत शुक्रबार चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस १९२१.४९ डलर छ भने चाँदी प्रतिऔंस २४.९६ डलर छ।