बुधबार, असोज १४, २०८३

तोलामा तीन सयले बढ्यो सुनको मूल्य

सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ। नेपाली बजारमा सोमबार तोलामा तीन सय रुपैयाँले बढेर सुन ९९ हजार पाँच सय रुपैयाँ कायम भएको छ।
 |  सोमबार, चैत ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत ७, २०७८

काठमाडौं- सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ। नेपाली बजारमा सोमबार तोलामा तीन सय रुपैयाँले बढेर सुन ९९ हजार पाँच सय रुपैयाँ कायम भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि, आइतबार सुन तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

सोमबार तेजावी सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ तोकिएको छ। चाँदीको भाउ भने स्थिर छ। 

आइतबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा निर्धारण भएको छ।

प्रकाशित: Mar 21, 2022| 11:33 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्