बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मेलम्चीको सुरुङ सफाइ अन्तिम चरणमा, चैतभित्रै पानी काठमाडौं आइपुग्ने

मेलम्चीको सुरुङ सफाइ अन्तिम चरणमा, चैतभित्रै पानी काठमाडौं आइपुग्ने

गत असार १ र साउन १७ गतेको बाढीपहिरोले क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सफाइ अन्तिम चरणमा पुगेको छ।
 |  मंगलबार, चैत ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ८, २०७८

काठमाडौं- गत असार १ र साउन १७ गतेको बाढीपहिरोले क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सफाइ अन्तिम चरणमा पुगेको छ। सफाइ सकिएसँगै पानी परीक्षण गरी सुन्दरीजल पठाउने तयारी भएको आयोजनाले जनाएको छ।

पहिरोसँगै आएको बाढीले परियोजनाको प्रवेशद्वारदेखि अम्बाथानसम्मको ८०५ मिटर सुरुङ र सुरुङभित्र प्रवेश गर्ने अन्य सहायक ढोकासमेत बन्द भएका थिए। त्यसैगरी गेग्य्रानले आयोजनाको मुख्य द्वार (बफर जोन), नौ नम्बर र १० नम्बर ढोका (हेडवर्क्स), अम्बाथानतर्फका १७ र २१ ढोका (अडिट टनेल) पूरै थुनेको थियो। सुरुङसम्म पुग्ने सहायक ढोकासमेत लेदोले पुरिएपछि आयोजना नै सञ्चालन हुने नहुनेबारे अन्योल भएको थियो।

अहिले सफाइको काम अन्तिम चरणमा पुगेको आयोजनाले बताएको छ। बाढीले बढी क्षति गरेको १ नम्बर ढोकादेखि हेडवर्क्ससम्मको सफाइ सकिएसँगै भित्र पानी पठाएर लेदो निकाल्ने काम भइरहेको छ। सरकारले बाढीले पुर्‍याएको क्षतिको पुनर्निर्माण र सुरुङको सफाइ गरी यही चैत मसान्तभित्र काठमाडौँमा पानी ल्याउने लक्ष्य राखेको छ।

प्रकाशित: Mar 22, 2022| 07:19 मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्