काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ४९ पैसा र बिक्री दर १२२ रुपैयाँ ०९ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १३४ रुपैयाँ २५ पैसा र बिक्री दर १३४ रुपैयाँ ९१ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५९ रुपैयाँ ६३ पैसा र बिक्री दर १६० रुपैयाँ ४१ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ६१ पैसा र बिक्री दर १३१ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ६६ पैसा र बिक्री दर ९० रुपैयाँ १० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ७९ पैसा छ।
जापानी येन १० को खरिद दर १० रुपैयाँ १९ पैसा र बिक्री दर १० रुपैयाँ २४ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ११ पैसा र बिक्री दर १९ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ २८ पैसा र बिक्री दर ३२ रुपैयाँ ५४ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ २४ पैसा र बिक्री दर ३३ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८९ पैसा छ भने बिक्री दर २९ रुपैयाँ ०३ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर १० रुपैयाँ र बिक्री दर १० रुपैयाँ ०५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। -यस्तो छ आजको विनिमय दर