बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन, निर्यात शून्य

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन, निर्यात शून्य

माघ मसान्तसम्म दुई अर्ब चार करोड राजस्व संकलन भएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नारद गौतमले बताए। ८२ करोड ६४ लाख लक्ष्य रहेकामा यो लक्ष्यको २४७.१७ प्रतिशत हो।
 |  मंगलबार, चैत ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ८, २०७८

सिन्धुपाल्चोक- चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट यस आर्थिक वर्षको माघ मसान्तसम्म लक्ष्यभन्दा बढी राजस्व संकलन भएको छ। माघ मसान्तसम्म दुई अर्ब चार करोड राजस्व संकलन भएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नारद गौतमले बताए। ८२ करोड  ६४ लाख लक्ष्य रहेकामा यो लक्ष्यको २४७.१७ प्रतिशत हो।

आर्थिक वर्ष २०७८र७९ असार मसान्तसम्म एक अर्ब ६४ करोड लक्ष्य लिएकामा रु दुई अर्ब चार करोड राजस्व उठेको थियो। राजस्व उठे पनि आयात भने सहज नभएको प्रमुख गौतमले बताए। सोमबार दुईवटा मात्रै कन्टेनर भित्रिएको, कहिले आयात शून्य हुने उनले बताए। नाका सञ्चालन गर्न उच्चस्तरीय पहल गर्नुपर्नेमा उनको जोड छ। 

विसं २०७२ को भूकम्प, बाढीपहिरो तथा कोरोना महामारीपछि नाका सजहरूपमा सञ्चालन हुनसकेको छैन। आयात न्यून रहेको छ भने निर्यात शून्य रहेको गौतमले बताए। नेपाल आइपुगेका १० मुख्य सामग्रीमा तयारी कपडा, स्याउ, होजियरी कपडा, जुत्ता चप्पल, ओखर, लेडिज सेण्डल, डबल क्याव पिकअप गाडी, हाते झोलालगायत छन्। भूकम्पअघि यस नाकाबाट दैनिक डेढ करोडसम्म राजस्व असुली हुँदै आएको थियो।

प्रकाशित: Mar 22, 2022| 10:58 मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्