काठमाडौं– सोनमले विन्टर सेल अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत आफ्ना उत्पादनमा ७० प्रतिशतसम्म छुट दिने कम्पनीले जनाएको छ।
यो छुट कम्पनीका सबै आउटलेटमा लागू गरिएको छ। अफर चैत १७ गतेसम्म लागू हुने बताइएको छ। सोनमका महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्यागलगायत उत्पादन छन्।
सोनमका शोरुम काठमाडौंमा ठमेल, जावलाखेल, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडिबुटीको जडिबुटी चोक, चितवनको सिजी ल्यान्डमार्क, सुनसरीको धरान पुतली लाइन, नाम्चे तथा पोखराको लेकसाइड र न्युरोडमा छन्।