बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण राजधानी लगायत देशभर जनजीवन अस्तव्यस्त भएको छ।
अवरिल वर्षासँगै मुलुकका विभिन्न ठाउँमा आएको बाढीपहिरोका कारण १७ जनाको मृत्यु भएको छ।
सप्तकोशी नदीमा पानि बहाव बढेपछि कोशी ब्यारेजका २९ वटा ढोका खोलिएको छ।
नेपाली कांग्रेसले पार्टीका कार्यकर्ताहरुलाई उद्धारको कार्यमा जुट्न निर्देशन गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट पीडितको तत्काल उद्धार गरी राहत र उपचारमा जुट्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन्।
सर्वोच्च अदालतको आदेशमा हालै रिहा भएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) का कैलाली जिल्ला अध्यक्ष पक्राउ परेका छन्।
भारतबाट आयात हुने सागसब्जी तथा तरकारीमा विषादी परीक्षण नगर्ने सरकारी निर्णयको विरोधमा कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघले शुक्रबार राजधानीको माइतीघरमा प्रदर्शन गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग समन्वय गरेर सीमा क्षेत्रका बाँध खुलाउने काम भइरहेको बताएका छन्।
पूर्वी र मध्य नेपालमा आएको अविरल वर्षाका कारण विभिन्न जिल्लामा गरी ११ जनाको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी बेपत्ता भएका छन् ।
भारतका चर्चित नेता एवं विहार केन्द्रित राष्ट्रिय जनता दल (राजद)का अध्यक्ष लालु यादवलाई राची उच्च अदालतले जमानत दिएको छ।
नेपाल राष्ट्र बैंकले आगामी वर्षको मौद्रिक नीतिको मिति सारेको छ।
विश्व बैंकले ११ अर्ब रुपैयाँ सहुलियतपुर्ण ऋण उपलव्ध गराउने भएको छ।
महोत्तरीको रातु खोलामा आएको बाढीले एक वृद्धलाई बगाएर लगेको छ।
जल तथा मौसम विज्ञान विभागले देशभरीका १८ स्थानलाई हाई एलर्टमा राखेको छ।
थाइल्याण्डको बैंककबाट काठमाडौंका लागि प्रस्थान गरेको लायन एयरलाईन्सको जहाज एक घण्टा फन्को मारेर फर्किएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंको खोकनामा अहिले सबभन्दा बढी खतरा रहेको छ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल दसदिने चीन भ्रमण गरी स्वदेश फर्किएका छन्।
डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख (डिएफओ) चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
सामान्य प्रशासन मन्त्री लालबाबु पंडितलाई आदिवासी जनजाति युवाहरुले लखेटेका छन्।
हिमालय एयरलाइन्सले काठमाडौं–ढाका–काठमाडौं सीधा उडान गर्ने भएको छ।
सप्तकोशी नदीमा पानीको बहाव वर्षकै उच्च भएको छ।
त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा यति एयरलाइन्सको विमान धावनमार्गबाट चिप्लिएको छ।
क्यानडाको भ्यान्कुभरबाट अस्ट्रेलियाको सिड्नीतर्फ उडिरहेको विमान अचानक सघन 'टर्बुलेन्स' मा परेपछि बिहीवार ३५ जना यात्रु घाइते भएका छन्।
देशका धेरैजसो भूभागमा शुक्रबार पनि ठूलो वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
तीन दिनदेखि लगातार भइरहेको अबिरल वर्षाका कारण मुख्यमन्त्री कार्यालयसहित जनकपुरको अधिकांस क्षेत्र डुबानमा परेको छ।
लगातारको वर्षाका कारण पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा एकतर्फीमात्रै गाडी चलिरहेका छन्।
चितवन प्रहरीले विप्लव समूहका सोलुखुम्बु जिल्ला सेक्रेटरी शिवा खड्कालाई पक्राउ गरेको छ।
चन्द समूह सरकारबाट लिखित प्रस्ताव आए वार्तामा बस्न तयार देखिएको छ।