देशभर ठूलो वर्षा, ठाउँठाउँमा राजमार्ग अवरुद्ध

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/pahiro.jpg

फाइल तस्बिर।

काठमाडौं - लगातारको वर्षाका कारण पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा एकतर्फीमात्रै गाडी चलिरहेका छन्। सडक खण्डको सत्र किलोमा बिहीबार राति पहिरो ठूलो पहिरो खसेको र पानी पनि परिरहेकाले पहिरो पन्छाउन समस्या हुँदा एकतर्फी रुपमा मात्रै गाडी सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ। एकतर्फी मात्रै सडक सञ्चालन भएपछि उक्त सडक खण्डमा गाडीको लामो जाम लागेको छ।

यस्तै सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड पनि एकतर्फीरूपमा सञ्चालन भएको छ। तीन दिनअघिदेखि लगातार वर्षा भइरहेकाले बिहीबार बेलुका राजमार्गको सिद्धबाबा नजिकैको हेडबक्समा र बिहान केराबारी क्षेत्रमा ठूला ढुङ्गासहितको पहिरो खसेको जिल्ला प्रहरी पाल्पाले जनाएको छ।

https://www.nicasiabank.com/
पहिरोले अवरुद्ध बनेको सडक केहीबेरअघि डोजर लगाएर पहिरो हटाएपछि एकतर्फीरूपमा सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए। अहिले पनि लगातार पानी परिरहेकाले तत्काल पहिरो हटाउन  समस्या भएको उनले बताए।

यस्तै सडकमा पहिरो खसेपछि गए रातिदेखि विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। गोलन्जोर र सुनकोशी गाउँपालिकामा विपी राजमार्ग अवरुद्ध भएको हो। गए राति गोलन्जोर गाउँपालिका–५ को सोलाभञ्याङ र खनियाखर्कको बीचमा सडकमा माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।

प्रतिक्रिया