चिनियाँ रेल काठमाडौँ हुँदै लुम्बिनीसम्म

/assets/plugins/bower_components/fileman/Uploads/Shankar_pokhrel.jpeg

भैरहवा- प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल दसदिने चीन भ्रमण गरी स्वदेश फर्किएका छन्।

चिनियाँ कम्युनिस्ट पाटी विदेश विभागको निमन्त्रणामा २० सदस्यीय टोलीको नेतृत्व गर्दै मुख्यमन्त्री पोखरेल चीन पुगेका थिए।

चीनको दुई प्रान्तको भ्रमण गरेका मुख्यमन्त्री पाखेरलले चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुसँग पनि भेटघाट गरेका छन्।

सो अवसरमा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपप्रमुख साओ ल्याङले बिआरआई नेपाल–चीनबीचको कनेक्टिभिटीको मुख्य हिस्सा बन्ने विश्वास व्यक्त गरेको मुख्यमन्त्रीको निजी सचिवालयले विज्ञप्तिमार्फत जनाएको छ।

स्वदेश फर्किएपछि जारी विज्ञप्तिमा उल्लेख छ, ‘बिआरआईमार्फत रेल काठमाडौँ हुँदै लुम्बिनी सम्म जोडिनेछ।’
https://www.nicasiabank.com/

मुख्यमन्त्री पोखरलेको भ्रमणका क्रममा चीनको सिचुवान प्रान्त र प्रदेश नं ५ बीच भगेनी सम्बन्ध कायम गर्ने सम्झौतामा हस्ताक्षरसमेत भएको छ।

यसैगरी प्रदेश ५ को जिल्ला दाङको घोराही उपमहानगरपालिका र सिचुवानको यानसिटीबीच भगेनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

यसैगरी बर्दियाको ठाकुरबाबा नगरपालिका र क्विचौं प्रदेशको ल्युफासोय सहरबीच पनि भगिनी सम्बन्ध कायम भएको छ।

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव एवं चिनियाँ राष्टपति सी जिङ पिङको नेतृत्वमा भइरहको गरिबी निबारणको प्रयास र त्यसले विश्व समाजवादमा जगाएको आशा अनुकरणीय भएको समेत विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया