वित्तिय संघीयता कार्यान्वयनका लागि विश्व बैंकले ११ अर्ब ऋण दिने

/assets/plugins/bower_components/fileman/Uploads/Bittiya.jpg

काठमाडौं- विश्व बैंकले ११ अर्ब रुपैयाँ सहुलियतपुर्ण ऋण उपलव्ध गराउने भएको छ।

बैंकले सो रकम वित्तीय संघीयता तथा सार्वजनिक वित्त व्यवस्थापन सुधारका निम्ति लगानीका लागि ऋण सहयोग गरेको हो। 

शुक्रबार विश्व बैंकका देशीय प्रबन्धक फारिस एच हादादजार्भोस र अर्थसचिव लालशङकर घिमिरेबीच अर्थ मन्त्रालयमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। 

अर्थ मन्त्रालयका सचिव घिमिरेले संघीयता कार्यसूची कार्यन्वयन, नीति नियम र ऐन कानुन बनाउन, लेखा परिक्षण, बजेट निर्माण लगायतका लागि सो रकम खर्च गरिने जनाएका छन्। 
https://www.nicasiabank.com/

सो रकमको पारदर्शिताको सुनिश्चितता, नागरिकप्रति जवाफदेहिता, अनावश्यक खर्च नियन्त्रण, कर सङलन प्रणालीमा सुधारका लागि पनि उपयोग गरिने मन्त्रालयले जनाएको छ। 

सचिव घिमिरेले सुशासन प्रवद्र्धनसँगै आर्थिक समृद्धिको मार्गमा अग्रसर वर्तमान सरकारलाई विकासका साझेदारबाट प्राथमिकता प्राप्त क्षेत्रमा सहयोग गर्न आग्रह गरे।

विश्व बैंकका देशीय प्रबन्धक हादादजार्भोसले नेपालको संघीयताको अभ्यासमा सघाउनको लागि बैंकले सहुलियतमा ऋण दिएको र सो ऋणको उपयोग सही ढंगबाट हुने अपेक्षा रहेको समेत बताए।

प्रतिक्रिया