उद्धार र राहतमा जुट्न प्रधानमन्त्री ओलीको निर्देशन

/assets/plugins/bower_components/fileman/Uploads/kP_oli.jpg

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट पीडितको तत्काल उद्धार गरी राहत र उपचारमा जुट्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन्।

सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रबिधि मन्त्री गोकुल बाँस्कोटाले अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट पीडितहरुको तत्काल उद्धार गरी राहत र उपचारमा जुट्न प्रधानमन्त्री ओलीले मातहतका सबै निकायलाई निर्देशन दिएको जानकारी दिएका हुन्।

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रालयहरुको समिक्षात्मक बैठकमा प्रधानमन्त्री ओलीले बाढी, पहिरो र डुवानमा परेकाहरुको उद्धारमा जुट्न मातहतका सबै निकायलाई निर्देशन दिएका थिए।

मन्त्री बाँस्कोटाले प्रधानमन्त्री ओलीले सर्लाहीको मलंगवाको डुबान समस्या भारत सरकारसँग कुरा गरेर खुलाएको जानकारी दिए। 

https://www.nicasiabank.com/
त्यसैगरी प्रधानमन्त्री ओलीले रौतहटको डुबान समस्या समाधान गर्न पनि भारत सरकारसँग कुरा गरेको पनि बाँस्कोटाले बताए।

सरकारी तथ्यांकअनुसार हालसम्म बाढी, पहिरो र डुबानबाट देशभरका गरी ६ जनाको ज्यान गएको छ भने १३ जना घाईते भएको र ७ जना वेपत्ता भएका छन्।

मन्त्री बाँस्कोटाले डुबान समस्याबाट सतर्कता अपनाउन आवश्यक सूचना प्रणालीको व्यवस्था गरिएको पनि बताए। बिहीबार साँझबाट सुरु भएको अविरल वर्षासँगै देशका विभिन्न भाग बाढी, पहिरो र डुबानको चपेटामा परेको छ।

मन्त्री बाँस्कोटाले राजधानी काठमाडौंसहित पर्सा, भोजपुर, रामेछाप, सिन्धुली, खोटाङ, काभ्रे, सर्लाही, रौतहटलगायतका जिल्ला डुबान, बाढी र पहिरोको चपेटामा परेको जानकारी दिए।

प्रतिक्रिया