विषादी परीक्षण माग गर्दै नेविसंघको प्रदर्शन

/assets/plugins/bower_components/fileman/Uploads/bis.jpg

काठमाडौं- भारतबाट आयात हुने सागसब्जी तथा तरकारीमा विषादी परीक्षण नगर्ने सरकारी निर्णयको विरोधमा कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघले शुक्रबार राजधानीको माइतीघरमा प्रदर्शन गरेको छ।

संघको निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा भएको प्रदर्शनमा विद्यार्थीले विषादीयुक्त तरकारी र फलफूल आयात बन्द गर्न, सीमामा रहेका प्रयोगशालालाई प्रभावकारी रुपमा सञ्चालन गर्न माग गरेका थिए।

प्रदर्शनपछि आयोजित कोणसभा निवर्तमान महामन्त्री काफ्लेले विषादीयुक्त तरकारी र फलफूल खुवाएर सरकारले जनताको जीवनमाथि खेलबाड गरिरहेको बताए। उनले भने, ‘सरकारले भारतबाट आयातीत तरकारी र फलफूलको विषादी परीक्षण नगरे संघ अझ कडा आन्दोलनमा उत्रनेछ।’
https://www.nicasiabank.com/

कोणसभामा संघका पूर्वसहमहामन्त्री बलदेव तिमल्सिनाले सरकारी लापरबाही विरुद्ध आम विद्यार्थी जगत् चुप लागेर नबस्ने बताए। उनले विषादी परीक्षण नगरी भित्र्याइएका तरकारी र फलफूल बजारमा नपठाउन माग गरे। प्रदर्शनका क्रममा विद्यार्थीले सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए।

Image may contain: 8 people, people smiling, people standing and outdoor
Image may contain: 9 people, people standing and outdoor

प्रतिक्रिया