भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकर नेपाल आएका छन्। युनिसेफले आयोजना गर्न लागेको पोषण सम्बन्धी जनचेतनामूलक कार्यक्रममा सहभागी हुन उनी शुक्रबार राति काठमाडौं आइपुगेका हुन्।
शनिबार काठमाडौंबाट प्रकाशित भएका अधिकांश राष्ट्रिय दैनिकले शुक्रबार जिल्ला अदालत रौतहटले पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन्।
सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्नसक्ने गरि दुई संस्थाबीच सम्झौता भएको छ।
एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली महिला भलिबल टोलीका सबै सदस्यले जनही तीन–तीन लाख रुपैयाँ पुरस्कार पाउने भएका छन्।