आइतबार, साउन ३१, २०८३

सिटिजन लाइफ इन्स्योरेन्स र एनसीएचएलबीच सम्झौता

सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्नसक्ने गरि दुई संस्थाबीच सम्झौता भएको छ।
 |  शुक्रबार, कात्तिक २९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २९, २०७६

काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्नसक्ने गरि दुई संस्थाबीच सम्झौता भएको छ।

सम्झौता पत्रमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

सिटिजन लाइफ इन्स्योरेन्स आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल–आईपीएस र कनेक्ट आईपीएसई–पेमेन्ट प्रणालीसँग जोडिएपछि इन्स्योरेन्सभुक्तानी, एजेन्ट कमिसन, तलब, भेन्डर भुक्तानीलगायत लगानी ट्रान्सफर सम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ।

साथै सिटिजन लाइफ इन्स्योरेन्सका बीमितहरुले आफ्नो प्रिमियम बीमा शूल्क पनि अनलाइनमार्फत कनेक्ट आईपीएसई–पेमेन्टबाट वा ५,००० भन्दा बढी रकम बैंक शाखाहरुबाट सजिलै तिर्न सक्नेछन्।

प्रकाशित: Nov 15, 2019| 13:06 शुक्रबार, कात्तिक २९, २०७६
प्रतिक्रिया दिनुहोस्