आइतबार, साउन ३१, २०८३

‘गो ब्याक इन्डिया’ धनगढीमा प्रदर्शन

भारतले नेपाली भूमि मिचेको बिरोधका युवाहरुले ‘गो ब्याक इन्डिया’ भन्दै धनगढीमा प्रदर्शन गरेका छन्।
 |  शुक्रबार, कात्तिक २९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २९, २०७६

धनगढी- भारतले नेपाली भूमि मिचेको बिरोधका युवाहरुले ‘गो ब्याक इन्डिया’ भन्दै धनगढीमा प्रदर्शन गरेका छन्।

नयाँ युवा, नयाँ सोच धनगढीको आयोजनामा नेपाली भूमि मिचिएको बिरोधमा धनगढीमा प्रदर्शन गरिएको हो।

लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतको नयाँ राजनीतिक नक्सामा राखिएको भन्दै धनगढीलगायतका स्थानमा दिनहुँजसो प्रदर्शन भैरहेका छन्।

धनगढीको पार्कमोडबाट सुरु भएको प्रदर्शन मुख्यमन्त्रीको कार्यालय अगाडि कोणसभामा परिणत भएको थियो।

भारतको हस्तक्षेप बिरुद्ध प्रदर्शन गरिएको नयाँ युवा, नयाँ सोच धनगढीका अध्यक्ष ओमप्रकाश अवस्थीले बताए।

उनले भारतले अतिक्रमित नेपाली भूमि फिर्ता नगरेसम्म प्रदर्शन जारी राख्ने जानकारी दिए।

प्रकाशित: Nov 15, 2019| 11:16 शुक्रबार, कात्तिक २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।