आइतबार, साउन ३१, २०८३

स्वदेश फर्किए बङ्गलादेशका राष्ट्रपति

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चारदिने औपाचारिक सद्भावना भ्रमण पूरा गरी शुक्रबार स्वदेश प्रस्थान गरेका छन्।
 |  शुक्रबार, कात्तिक २९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २९, २०७६

काठमाडौं - बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चारदिने औपाचारिक सद्भावना भ्रमण पूरा गरी शुक्रबार स्वदेश प्रस्थान गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा गत मङ्गलबार नेपाल भ्रमणमा आएका राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले बिदाइ गरिन्। बिदाइ कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको पनि उपस्थित रहेको थियो। राष्ट्रपति हमिदलाई नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी दिएको थियो।

उनको स्वागतमा झैँ बिदाइमा पनि सातै प्रदेशको प्रतिनिधित्व हुने गरी कलाकारले गीतसङ्गीत र नृत्य प्रस्तुत गरेका थिए भने बालबालिकाले नेपाल र बङ्गलादेशको झण्डा फहराएरका थिए।

नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए।

राष्ट्रपति भण्डारीले बङ्गलादेशी समकक्षी तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजको आयोजनासमेत गरेकी थिइन्।

नेपाल बसाइका क्रममा बङ्गलादेशका विशिष्ट अतिथिले भक्तपुर दरबार स्क्वायर क्षेत्रका साथै पोखराका पर्यटकीय क्षेत्रको स्थलगत अवलोकन भ्रमण गर्दै विभिन्न पर्यटकीय गतिविधिमा सहभागी भएका थिए।

प्रकाशित: Nov 15, 2019| 11:30 शुक्रबार, कात्तिक २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।