आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बागी उमेदवारलाई भोट मागेपछि नेकपाका २ नेतामाथि कारबाही

बागी उमेदवारलाई भोट मागेपछि नेकपाका २ नेतामाथि कारबाही

नेकपाबाट बागी उमेदवार बनेका शेरमान घर्तीको चुनाव चिह्नमा भोट माग्दै हिँडेको भन्दै नेकपाले बागलुङका दुई स्थानीय नेतालाई कारबाही गरेको छ।
 |  शुक्रबार, कात्तिक २९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २९, २०७६

बागलुङ- नेकपाबाट बागी उमेदवार बनेका शेरमान घर्तीको चुनाव चिह्नमा भोट माग्दै हिँडेको भन्दै नेकपाले बागलुङका दुई स्थानीय नेतालाई कारबाही गरेको छ।

वाम गठबन्धनका उम्मेदवारलाई समर्थन गरिसकेका घर्तीको चुनाव चिह्नमा भोट मागेको भन्दै पार्टीका जिल्ला तहका नेता तुलसीराम अर्याल र दधिराम अर्याललाई सो पार्टीले कारवाही गरेको जनाएको छ।

नेकपाका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले प्रेस विज्ञप्ति जारी गर्दै तुलसीरामलाई पार्टी सदस्यबाट निलम्बन र दधिरामलाई पार्टी सदस्य नरहने गरी निस्काशन गरेको जनाए।

घर्तीलाई हेलिकप्टर चढाएर उमेदवारी फिर्ता गराउने नेकपाको प्रयास असफल भएपछि घर्तीको चुनाव चिह्न मतपत्रमा यथावत छ।

घर्तीले पत्रकार सम्मेलन गरेर आफू उम्मेदवार नरहेको भन्दै नेकपा समर्थित वामपन्थी उम्मेदवार खिमबिक्रम शाहीलाई समर्थन गरेका थिए। शाही राष्ट्रिय जनमोर्चाको गिलास चिह्नबाट उम्मेदवार छन्।


निस्काशनमा परेका दुवै नेता यसअघि नेकपा मसालमा थिए। तुलसीराम २०७० मा माओवादीबाट संविधानसभा सदस्यको उम्मेदवार बनेका थिए भने दधिराम नेकपा एमालेबाट गत चुनावमा प्रदेशसभामा सिफारिस भएका थिए।

प्रकाशित: Nov 15, 2019| 11:54 शुक्रबार, कात्तिक २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।