आइतबार, साउन ३१, २०८३

रुप ज्योतिविरुद्ध मुद्दा नचलाउन प्रहरीलाई पत्र

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उद्योगी रुप ज्योतिलाई हाजिर जमानीमा छाड्न प्रहरीलाई पत्र लेखेको छ।
 |  शुक्रबार, कात्तिक २९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २९, २०७६

काठमाडौं- जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उद्योगी रुप ज्योतिलाई हाजिर जमानीमा छाड्न प्रहरीलाई पत्र लेखेको छ।

उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै सरकारी वकिल कार्यालयले हाजिर जमानतमा छाडिदिन प्रहरीलाई पत्र लेखेको सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनालले जानकारी दिए।

सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गर्दै अन्तिम निर्णय महान्यायाधिवक्ताको कार्यालयले गर्ने खनालले बताए।

‘त्यसका लागि हामीले उच्च सरकारी वकिल हुँदै महान्यायाधिवक्ताको कार्यालयमा अनुरोध गरेको छौँ।’ खनालले भने, ‘मुद्दा नचल्ने भएपछि थुनामा राख्न मिल्दैन यसकारण महान्यायाधिवक्ता कार्यालयबाट निर्णय नहुञ्जेलसम्म हाजिर जमानामा छाड्न प्रहरीलाई पत्राचार गरेको छौँ।’
ठगी मुद्दमा उजुरी परेपछि उद्योगी ज्योति र उनकी छोरी सुरुचीलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो।

ठगी मुद्दा दायर गर्ने व्यक्तिले जाहेरी फिर्ता लिन प्रहरीलाई पत्र दिएपछि प्रहरीको रायअनुसार जिल्ला सरकारी वकिल कार्यालयले ज्योतिविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको बुझिएको छ।

प्रकाशित: Nov 15, 2019| 10:41 शुक्रबार, कात्तिक २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।