आइतबार, साउन ३१, २०८३

लाभांश रकम बुझिलिन एनआईसी एसिया बैंकको अनुरोध

एनआईसी एसिया बैंकले शेयरधनीलाई लिन बाँकी रहेको लाभांश रकम यथासिघ्र बुझिलिन सुचना जारी गरेको छ।
 |  शुक्रबार, कात्तिक २९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २९, २०७६

काठमाडौं – एनआईसी एसिया बैंकले शेयरधनीलाई लिन बाँकी रहेको लाभांश रकम यथासिघ्र बुझिलिन सुचना जारी गरेको छ।

बैंकले विगत विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश रकम हालसम्म बुझिलिन बाँकी भए लाभांश रकमको पूर्जी बैंकको सहायक कम्पनी एनआईसी एसिया क्यापिटलको हनुमानस्थान, अनामनगरबाट प्राप्त गरी यथाशीघ्र आफ्नो खातामा जम्मा गर्न पनि आग्रह गरेको छ।

साथै, लाभांश पूर्जी लिइसकेका शेयरधनीलेसमेत सो पूर्जी आफ्नो बैंक खातामा यथाशीघ्र जम्मा गर्नु बैंकले अनुरोध गरेको छ। यसैगरी, लामो समयदेखि बुझिलिन बाँकी लाभांश रकम प्रचलित ऐन कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ।

प्रकाशित: Nov 15, 2019| 13:19 शुक्रबार, कात्तिक २९, २०७६
प्रतिक्रिया दिनुहोस्